लघुकथा : बिकास

~बालकृष्ण गजुरेल~

साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् ।


उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो साथ दिइन् । के चाहियो र ? खोजेकै मिल्यो । छोरा छोरीहरु राम्र‌‌ै पढाए । अाफ्नो जीन्दगी खुशियालीमा बिताए।

उनी पैसामा बढि केन्द्रित थिए । फलस्वरुप : उनी पैसा प्रेमी बने । प‌ैसा उनको जीवन थियो । पैसा उनको पुजा थियो । पैसा उनको भगवान थियो । प‌ैसा उनको सर्वथोक थियो । नाता लगाउँदा पनि पैसाकै सौदा भयो खानदानी डन परिवार सित । पैसाकै रंगमा डुबेको मान्छे । अरुका अावस्यकता र इच्छा उनलाई कुन‌ै मतलब थिएन । त्यसैले होला महाशन्कि थिए । अरुसँग रिस उठ्यो कि त यो र त्यो लगाएर ठिक पार्छु भन्थे। मान्छेका अाँखा छलेर गाँजा पिउँथे ।

घर अगाडीको सडकमा खाडल थियो । उनी सुटबुटमा निस्केका थिए । एउटा ट्याक्सि स्पिडमा थियो । सहायद उसलाई सडकको वास्तुस्थिती थाहा थिएन । ट्याक्सीले हिलो छ्याप्यो । उनी रिसले चुरिएर छाडा शब्दमा गाली गर्द‌ै थिए – “साला………. । ” सडक छेउमा रहेको पानी पुरी ठेला वालाले साधुरामलाई देखाउँदै ग्राहकलाई भन्दै थिए – “बिकास भनेको यहि हो । मान्छे बिकसित भएसी त्यस्तो रुप देखाउँछ । ” सबै पानी पुरी ग्राहक गलललललल….. हाँसे ।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.