~बिपिन शर्मा~
जीउनलाई जिन्दगी यो, सहारा केही हुन्
गन्न मलाई आकाशमा तारा केही हुन्
हराएझैं लाग्छु म अन्योलमा कतै
चल्न मलाई यहाँ इशारा केही हुन्
डुबेझैं लाग्छु म गहिराईमा कहिं
निस्कन मलाई अव किनारा केही हुन्
दुखेंझै लाग्छु म पुरानो घाऊ भित्रै
भुल्न मलाई दुखाई प्यारा केही हुन्
पुरानोझैं लाग्छु म गीत कुनै
नविन मलाई प्रितका नारा केहि हुन् ।।
Bipin Mishra
Gairi Dhara, KTM
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)