कविता : नारीको आवाज

~सपना श्रेष्ठ~

नारीलाई घरभित्रको चुलो चौको गर्ने साधन मात्र नसम्झ ऊ पनि
आफ्नो देशको लागि केही गर्न सक्छे नारीलाई बेहुली भएर पराइघर
जाने मात्र नसम्झ ऊ पनि देश चलाउन सक्छे नारीलाई केवल
सन्तान जन्माउने यन्त्र मात्र नसम्झ ऊ पनि राष्ट्रको लागि बलिदान
दिएर वीरत्व प्राप्त गर्न सक्छे नारीलाई टपरी र दुना बुन्न सिकाउने
घरबूढी मात्र नसम्झ ऊ पनि अन्तरिक्षको बारेमा पढाउने वैज्ञानिक
हुन सक्छे नारीलाई डोको र नाम्लो बोकेर दाउरा घाँस गर्ने नारी मात्र
नसम्झ ऊ पनि आफ्नो देशको रक्षाको लागि बन्दूक लिएर उठ्न
सक्छे नारीलाई आफ्नो परिवारको लागि भित्र र बाहिर हिँड्ने नारी
मात्र नसम्झ ऊ पनि आफ्नो देश र जनताको लागि संघर्षको
मैदानमा उत्रिन सक्छे नारीलाई मनका पीडा दबाएर पुरुषसँग बाँधिने
नारी मात्र नसम्झ ऊ पनि स्वच्छ र निर्मल आकाशमा स्वतन्त्र साथ
उड्न सक्छे अब नारीले आँखामा आँसु मुटुमा व्यथा लिएर पिँजडामा
खुम्चिएर बस्ने बेला छैन । आफ्नो हक र हितको लागि लड्ने बेला
आइसक्यो त्यसैले हे नारी हो ! आफ्नो अधिकारको लागि उठ
समाजका बाधा व्यवधान हटाउन कालीको रुप धारण गर अनि,
तोडिदेऊ कुसंस्कारहरुलाई र चलाऊ नयाँ शासन

सपना श्रेष्ठ
कक्षा : सात
कन्या मन्दिर उच्च मा. वि., न्ह्योखा टोल, काठमाडौँ ।
June 2004

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.