~सम्झना लामा~
तिमी बिना यो जिन्दगीको न कुनै सार भो
आशा सारा निराश भए चारैतिर अन्धकार भो
बाटो हेरी बसेकी छु फर्की आउछ्यौं भनी
कति बसौं अब मैले सधैं निराश बनी
भविष्यका सपनाहरु न कुनै साकार भो
तिमी बिना मेरो लागि जिन्दगीनै हार भो
फूलै फूलले स्वागत गर्न चौतारीमा कुरी बसेँ
फूल सबै ओइली झरे उजाड चौतारी हेरी बसेँ
तिमी बिना नत मलाई संँगै बस्ने सथ्यार भो
हाम्रो बिछोड न यो संसारलाई नै पत्यार भो
बाँचेर पनि मलाई न त बाँचिरहेको सार भो
तिमी बिनाको जिन्दगी आफुलाई नै भार भो
– परोपकार आदर्श उच्च मा.वि.
भिमसेनथान, काठमाडौं