~हिरा तिमिल्सना~
अखण्डताको परिचय दिने यी मेरा शब्दहरु
सायद परिवेशमा गएर अड्किनेछन् ।
परिस्थतीमा रुमल्लिएका यी मेरा वाक्यहरु पूर्णविरामको
खोजीमा भौतारिरहेछन् , दोलखा को शब्द बोकेर
स्प्नसिलमा रमाउने यी परिवेश त्यसैले हो यो अर्थहिन
प्रकृतिमा जगमगाउने यी परिकल्पनाहरु स्वप्न को उदाहरणीत छन् ।
वाध्यताको पहिचान बनेका यी कमजोर पाइलाहरु मात्र
आज रेखाङ्कीत रुपमा कोरीएका छन् शब्द मात्र दोलखा बोकेर
लेख्ने शब्दहरु त सायद परिकल्पना मा अल्झिएर समेटिन सक्छन् ।
तर,
गन्तव्य विहिन यी वाक्यहरु वीचमा टक्क अडिन मात्र प्रयास गर्छन् ।
के को आधारितमा प्रस्फुटीत र दृष्यरहित छन् अवगतको कुनै प्रमाण विहिन
शब्द मात्रै निस्किरहन्छन् मेरा सबै अर्थविहिन हो या अर्थनिहित् शब्द मात्र दोलखा बोकेर
शीर्षक वीना नै चल्न सिकिरहेछन् यी विन्दूका असिमित रेखाहरु
निष्कर्ष को वाटोमा नै पुग्न नसकी टक्क अडिरहेछन् अर्थहिन चेष्टाहरु
सायद,
कमजोरी, र शाहसीको पनि कुनै अर्थ नै रहेन होला मेरा त्यो विन्दुमा
तब कुन परिस्थीतीमा निस्कनेछ अर्थको यो अर्थ त्यो निचोडमा , शब्द मात्र दोलखा बोकेर
लक्ष्यहरु निद«ा तन्द«ा मै बसे जस्तो अनुभव हुन्छ
शब्दहरु मात्र हतार हतार झस्किएर समयविना विउँझिन्छन् ।
सपना र कल्पना मा खिल्ली उड्यो यो मेरो लक्ष्य शब्द
दोषि त यही कल्पीत मन न हो, प्रश्न गरेपनि उत्तर दिन नै सकिन्न
त्यसैले त उत्तर र गन्तव्यको पूर्णविराम को
खोजीमा भौतारिरहेका छन् आज यी संघर्षी मेरा दुई पाइला मात्र दोलखा शब्द बोकेर
भावनात्मक रुपमा देखिन्न चाहन्न म आज यो समाजमा
ठिकै छ यही समाजका कुरीतीलाइ मिल्ने वातावरण को अनुभव गराइरहेछु ।
तर यी भित्री भावनाको पनि कुनै अर्थ नै रहेन आजको यो वर्तमानमा दिनहरुमा ।
परिवेशलाई सजाउने सजावटका सामानहरुको खोजीमा रुमल्लिरहेछु ।
माफ गरिदेउ दोलखा, तिम्रो शब्द मात्र गुञ्जीरहेछ यहाँ चिच्चाहट रुपले ,
तिम्रो काखको परिचय देखाउन मलाई मानसिक पिंडाले सताइरहेको छ ।
हिरा तिमिल्सना
जिरी, दोलखा
हाल, कोटेश्वर, काठमाण्डौं