संस्कार परिचय : मुम्प्रा : थामी जातिको मृत्‍यु संस्कार

~बिरबहादुर थामी ‘लिले’~

थामी जातीको मृत्यु सँस्कार एक बिषेस महत्वको छ । परम्परा अनुसार थामीको लास डाँडामा लगेर पोल्ने र गाड्ने चलन छ । लाश पोल्ने र गाड्ने निश्चित ठाँउ हुन्छ । यसलाई मोशान डन्डि भनिन्छ । मृत्यु सँस्कार आफ्नै जातीको गुरु (झाकृ) द्धारा गरिन्छ थामी जातीको कुनै पनि काज कृया गर्नको लागी गुरुको ठुलो भुमिका रहेको हुन्छ । थामीको मृत्यु भय पछि गुरुलाइ बोलाइन्छ । गुरु आएपछि मृतकलाइ घर बाहिर राखीन्छ र मेर्काङ् बजाइन्छ मृत लाशको लागी लाश नापेर माराЄसेЄ (बाघको हड्डी) ल्याउँछन् । कोही घर भित्र मृतकको लागी एक माना चामलको भात नचलाई पकाउँछन् । यो ठिक एक मानाको हुन्छ । यसलाईकापुतेको इसा भनिन्छ । धान पनि उल्टो भुटि सँगै राखिन्छ । लाशलाइ मृतकका छोरा बुहारी दाजु भाइले उल्टो हातले मुख धुने खरानी लगाउने र तेल पनि लगाउने गरिन्छ । लाशको मुखमा पैसा पनि हालिन्छ । त्यसपछि लाशलाई अल्लो या बाबीयोको डोरीले बाँधी घाटमा लान तयार हुन्छ , लान अघाडी कापुतेको इसा , उल्टो भुटेको धान महिला मरेमा हँसिया पुरुश मरेमा कर्द या खुकुरी टोके (काठको बोटुको)मा हालेर लाश अघाडी कुटुम्बेरीले बोक्छ । पहिला पहिला यो कापुतेको इशा नाङ (अल्लोको झोला)को मेन्चामा हालेर लाने चलन थियो । यस्को साथसाथै कोदालो उल्टो पारेर तिन वटा राँको या अघुल्टोे पनि बोक्नु पर्दछ यो राँकोलाइ मेकापोल भनिन्छ । यी सामान बोक्नेलाइ उलाम चिखेत्सा मि भनिन्छ । जब लाश घर बाट घाटमा लान्छन् । त्यस पछि मृत्यु भएको ठाउँमा सियो फलाम गाडिन्छ । किनकी फलाम देखी मसान भाग्छ भन्ने चलन छ । गुठिमी (मलामी)लाश लिएर जब मोशान घाटमा जानछन् तब घरमा एक जना जान्ने मान्छे बसेर मृतको घरमा मलामी फर्के पछि चाहीने सामान तयार पार्नु पर्दछ ।

मलामी फर्के पछि गर्ने काम सिकिटिपको भाकाको लागी चाहीने सामानहरु

– आसीपको आजा (घुर्र्र्मीसोको पात)
– चेटि (चोयाको भकारी आकारको)
– येरे (कोदोको र गँहुको डल्लो आकारको पानी रोटी)
– किजि मोटे (कालो भटमास)
– बिलिЄ थिब्ल्Є माणाइ (उल्टो सुल्टो रोटी)
– सोला (खाजा मलामी को लागी)
– इसा (भात)

यि सामानहरु तयार गर्नु पर्दछ गुठिमिहरुले लाश लायो छर्दै घाटमा लान्छन् । घाट नजिकै पुҐयाउने बेलामा लाश घुमाएर पहिला लगेको उल्टो पारी घाटमा पुҐयाइन्छ । घुमाउने ठाउँमा उल्टो कोदालोले मेलुङ खन्छन् । यो खास घेरा लगाइ खनिन्छ यो मरेको मान्छेलाइ गरी खानु भनी ठाउँ दिएको भन्ने चलन छ । घाटमा लाश पुҐयायपछि एउटा छुटै आगो फुक्नु पर्छ यो आगोलाइ मेदुल भनिन्छ । जब लाश चितामा माथी राखीन्छ तब छोरा या दाजु भाइले आगो लगाइ खरानी बनाइन्छ । सके पछि गुरुले मन्त्र गरी घरबाट ल्याएको कापुतेको इसा राखी दागबती दिन्छन् । अरु मलामीहरुले पनि दागबती दिइ तिन पटक नुहाइ घर फर्कन्छन् (पहिला तिनसय साठी पटक नुहाउनु पर्ने थियो पछि एक जना टुहुराले बाचा गरेर तीन पटक मात्र नुहाय पनि हुने रिति राखेको यो कुरा थामीको घेवाको गणुल पुरानमा गुरुहरुले भन्छन) घर फर्कदा पहिला मुर्दा फर्काएको ठाउँमा चक्मकको आगो झुलोको आगो बाली काँडाले बारी लुगा या टोपी रोЄो रोЄो गरी काँडालाइ नागी घर आउछन् । यसको मतलब हो मशान यहाँ बाट नआओस भन्ने ।

सबै मलामी घरमा आएपछि घरमा बनाएको सोला (खाजा) खान्छन् गुरुले भने घरमा बनाएको सामान मागी चोयाको चेटी माथी राखी गुरुले मन्त्र गरी मृतकका छोरादाज्यूभाइले चेटी माथी बनाएको सामान चडाउँछन् यस्लाइ सिकिटिपको भाका भन्छन् । यति बेला जाँड सुम्टा सुमारेको तोЄ पनि हाँल्छन् ।

मुम्प्रा (घेवा)

थामी जातीमा अर्को महत्व पुर्ण सँस्कार हो मुम्प्रा । मुम्प्रा नगरे सम्म मृतकको आत्माले शान्ती पाउदैन घरको भҐयाङ, ढोका छेउ,मा खोजी खान्छ भन्ने भनाइ छ । थामीजातीको मुम्प्रा ज्यादै खर्चिलो भएको कारणले गर्दा पनि होला जहिले मरे पनि पुष महिनामा गर्ने चलन थियो । अझै पनि मृतकको नाममा सुभ कार्य चौतारो, साँगु, बाटो बनाउने काम पुष महिनामा गर्ने चलन छ । तर आज भोली भने बाह्र या पैतालिस दिन भित्र सक्ने चलन छ । मुम्प्रा दुइ थरीको हुन्छ ।

किजि मुम्प्रा र जेखा मुम्प्रा

किजि मुम्प्रा मृतकका घरको आँगनमा पुर्ब फर्केर गरीने कामलाइ किजि मुम्प्रा भनीन्छ ,किजी मुम्प्रा गर्ने अघिल्लो रात मामे पेमा गरी सुम्टासुमारेको तोЄ खाइ घरको आगनको डीलमा खाँबोमा एक माना चामलको भात बुथुरोमा गुरुको बाग्य अनुसार मृतकका सबै दाज्युभाइले भात, तरकारी, दुध, दहि, पानी चडाइ मरेको मान्छेको लागी झुन्ड्याइन्छ । यस्लाइ इटिल इसा भनिन्छ । बिहान उज्यालो हुन्छ र किजि मुम्प्राको लागी दुइ वटा चेटी बुनि सामान राखिन्छ ।

गुरुहरुले घन्टामाला, सर्पको माला लगाइ काम शुरु गर्छन् ।

चेटी माथी राख्ने सामानहरु चोयाको
चेटी (चोयाको भकारी आकारको),
फोल्दोङइसा, (भातको दुइडल्लो),
मोटे (भटमास),
येरे (कोदोको र गहुकको डल्लो आकारको पानी रोटी)
फालिङ्Є्गे (चिउरा),
सेङ्, (निस्गोरे घेवा पातको काठ)
चे (कटुस) ,
नुनु (दुध),
चिचि (मासु),
तोङ्, (जाँड)
याक (पिँडालु)
बिलिङ थिब्ल्ङ माणाइ (उल्टो सुल्टो रोटी)
चकरपतिको आजा, सुम्बिलिЄ मिखा आजा (मलेदोको पात)
उइरेЄ,(तिते पाती)
साङЄाको फासे, (कोदाको पीठो)
मे, (आगोधुप हाल्नको लागी) ,

यि सामानहरु ठिक पारेपछि गुरु आगनमा बसि गुरुको बाग्य अनुसार मृतकका छोरा, दाज्युभाइहरुले चडाँउछन् । गुरुले हातमा कटुसको हाागा हातमा समाइ मृतकको हँस जगाइ मार्ने काम हुन्छ । यो सामानको आआ€नो अर्थहुन्छ यी समानबाट मृतकको शरिर उत्पति गराउन र मृतकका हँश जगाउन गुरुले हातमा कटुसको हाँगा समाइ थामीको बेद पालोके भन्छन् र मृतकलाइ गुरुको मन्त्र द्धारा छेउमा बोलाइन्छ चडाएको सामानको जस्तै चेटी मुनी राखेको काठको खुट्टा, चेटिको करЄ्, भटमासको आँखा, घेवा पातको छाला, जस्ता फोलदोЄ इसाको टाउको जस्ता यि मन्त्रहरु गुरुले फलाकी मान्छे तयार पार्छन्् ।

जब मरेको मान्छे छेउमा राखेको खाना खान आँउछ तब तेही समयमा गुरुले कटुसको हाँगाले मार्ने काम हुन्छ यबँ रितले गुरुहरु काम्दै यि कार्य गर्छन् दाजयुभाइले चडाएपछि चेलीबेटीले पनि आ€नो घर बाट ल्याएको (तोङ या रक्सि, चामल, पिठो,स्यान्डाЄ यो मृतकका प्रतेक चेलीबेटीले ल्याउनु पर्छ ) चडाउँछन् । आमा बाबु नहुनेको लागी छुटै अर्काेचडाउने ठाँउ हुन्छ । समय समयमा जाँड पनि खान्छन् यस्लाइ रेम भन्छन् । त्यो दिन छोरा दाज्युभाइले नुन नखाइ कपाल काट्नु पर्छ ।

यो दिनभरी हुन्छ , यो समयमा मृतकले लुकाइ राखेको सामान धन केकहाँ छ कुन मान्छेको सातो लगेकोछ कसलाइ आश गरेकोछ आश गरेकोमान्छे केही महीना पछि मर्ने कुरा जस्ता मृतकसँग गुरुले कुरागरी यि कुराहरु पत्ता लगाउँछन् र समुहमा भन्छन् । साँझमा सकेपछि चडायको भात, चेटी कुटुम्बा या छोराले चोखो ठाउमा लगी सेलाउछन् ।महिला मरेमा भाले र पुरुश मरेमा पोथी लाइ पुगारी जेखा मुम्प्रा सम्म पाल्नु पर्छ । साँझमा खानाखाइ किजि मुम्प्रा सकिन्छ ।

जेखामुम्प्रा

जेखा मुम्प्रा गर्नको लागी साहित या बार हेरीन्छ जेखा मुम्प्रा प्राय जसो शुक्रबार गरीन्छ किनकि सनिबार बत्ती बाल्न साइत राम्रो हुन्छ भनी । जेखा मुम्प्राको लागी पनि किजि मुम्प्राको जस्तै सामान ठिक पार्नु पर्छ । यो मुम्प्रा गर्ने अघिल्लो दिन मृतकको नाममा बाटो, चौतारो, साँगु, बनाउने दाज्युभाइले कपाल काट्ने जस्ता काम गरी रात भरी मामे पेमा गरी बीहान घर भन्दा टाडा बारीमा टुटुम्बाराЄ् (छाप्रो) बनाई गरिन्छ ।

यसमा पनि किजि मुम्प्राको जस्तै सामान ठिक पारी चेलीबेटी, मलामी, गाँउका मान्यजन, आउँछन् । बिहान टुटुम्बाराЄमा जानु भन्दा पहिला घर भित्र गुरुको बाक्य अनुसार मेक्रालको भाका गरिन्छ । यो सकी किजि मुम्प्रा पुर्ब फर्केर घरको आगनमा गरिन्छ भने जेखा मुम्प्रा पश्चिम पर्केर घर भन्दा टाढा बारीमा गरिन्छ ।

यस्मा सामान अलि धेरै चाहीन्छ । कपडा,(सुमलाक, सुम्फम, सुम्नुखुरु, भन्ने), ओखर, बुथुरु, चामल, कुखुरा(गोЄगोरपान्डु) यो सामान गुरुको अघाडी चोयाको बुथुरुमा चामल, धान, हाली त्यसमा तिन वटा ओखर हाली मन्त्र गर्दै मशान मार्छन यो काम दिनभरी हुन्छ सुचिपालोके सकेपछि सातो बोलाइ सातो लगेको मान्छेलाइ दिइ फुक्छन् दुइजना शिकारीले शिकार खेल्ने काम हुन्छ, हातमा आयुज्याЄलाЄ, मोटे समाइ पुरानो गणुल पुरान भन्छन् यो पुरानमा थामीको इतिहाँस झल्कने कथा भन्छन् । यवंरितले पहिला चेटी बाट सोलोमा सोलो बाट कुखुरामा (कुखुराको नाम फरकफरक हुन्छ पहिला वा कुखुरामा मृतक सारेपछि गोЄगोЄरपान्डु, उडाउने बेलामा थाЄ् भन्छन्) मरेको मान्छे सारने बेलामा मृतकका आफन्तले हातमा चामल राखी मरेको मान्छे खुशि छकि छैन भनी जाँच गर्न चामल दिन्छन् यदि मरेको मान्छे रिसाएको छ भने उसको हातको चामल खाँदैन खुशि भएमा खान्छ । भतियार खाएपछि कुखुरा फाली काम सकिन्छ र मृतक स्वर्गमा पुग्छ भन्ने भनाई छ साथसाथै तिते पातीले चोखो पानीले क्रीया मन्साय पछि जुठो पनि जान्छ ।

यो गरे पछि गुरुलाइ टिकालगाइ दान दिएर घरमा गइ चोखो पानी लगी तिते पानीले छर्किय पछि जेखा मुम्प्रा सकिन्छ ।

बत्ति बाल्ने

जेखामुम्प्राको भोली पल्ट खोला या भुमेथानमा गई मरेको मान्छेको नाममा बती बाले पछी घेवा सकिन्छ ।

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.