गजल : फेरी भेट्न आउँला नी म

~शंकरहरि खालिङ्ग राई~

यस्तै यस्तै माया पाए, फेरी भेट्न आउँला नी म ।
प्रतिगामीको गला रेट्न, तिमी सँगै जाउँलानी म ।

तिर्खा लाग्यो भनि रह्यौ, लागी रहोस तिर्खै–तिर्खा
अन्यायले सिमा नाघे, जंगलवाटै धाउला नी म ।

एता गरे, उता गरे, लेखेको छु जीवन कथा,
तिम्रो मिठो साथ पाए, गजल वनाई गाउलानी म ।

तिम्ले गरे हुन्छ अव, विश्वास नै हो ठूलो कुरा,
अहिले पनि के भा छ र ? तिम्ले खाए खाउँला नी म ।

गर्नै पर्छ तिम्ले अव, नाडराउ कालो रात सँग
अँध्यारा ती रातहरुमा, जुन वनि छाउँलानी म

–सिन्द्राङ्ग– ५ भोजपूर

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.