कविता : के भो जिन्दगी

~आबेश~

के भो जिन्दगी
भावना बुझ्न पाइएन
के भो जिन्दगी
तृष्णा मेरो मेटाउन सकिएन ।

के भो जिन्दगी
आशुँ झारेर म रोइन
के भो जिन्दगी
मुस्कान छरेर म हाँसिन ।

के भो जिन्दगी
यहाँ अनायसै जित र हार
छैन म भित्र कुनै बहार
माया प्रित समयको खेल
मिलन र विछोडको भेल ।।

के भो जिन्दगी
चाहनाहरु चाँहमै हराएछन्
बहानाहरु बहमै लुकेछन
सपनाहरु निद्रामै सकिएछन्
कल्पनाहरु क्षणमै सिबिएछन ।

– तनहुँ
हाल, काठमाण्डौ (सामाखुसी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.