~नेत्रबहादुर श्रेष्ठ ‘बिवस’~
आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु
छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु ।
मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन
आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु
छाती भरी चोट बोकेर पनि म त हाँसन पुगेछु ।
निष्ठूरी रहेछ तिम्रो मन किन चट्टान जस्तै कडा
माया माग्दा तिमीबाट मैले धोका खान किन पुगेछु
छाती भरी चोट बोकेर पनि म त बाँच्न पुगेछु ।
निरास जीवन भएपनि बाँच्ने आशा मैले गर्दा
यो विवशले अतितको सम्झना भुल्न किन थालेछु
छाती भरी चोट बोकेर पनि म त बाँच्न पुगेछु ।
– दोलखा ।