कविता : तिमीलाई सम्झिरहनेछु

~उपेक्षा श्रेष्ठ श्रेया~

धमिला साँझहरु
पटयारलाग्दा दिनहरु
तिमिले थपिदिएका घटनाक्रमहरु
हरेक एकान्त
हरेक साँझ
सम्झिरहनेछु ।
तिम्रो चन्चले मन
अविश्वसनिय चाल
मेरो मुटुमा छेडिएको भाला
जताततै चस्किदिन्छ
फेरी हरेक चस्काइमा
तिमीसगै तिम्रो उपस्थिति
सम्झिरहनेछु ।
खस्किदै गएका तिम्रा बोलिहरु
सकिदै गएका मेरा आस्थाहरु
भत्किदै गएका सम्झौताका पुलहरु
हरेक पिडामा
तिमी सँगै तिम्रो आश्वासन
सम्झिरहनेछु ।
हाम्रो बाटो छुट्टियो त के भयो
सम्झनाको सौगात छदैछ
त्यो सहयात्रा
तिक्त र बासी बने पनि
त्यो महान क्षण र अमूल्य साथ
सम्झिरहनेछु
तिमीलाई सम्झिरहनेछु ।

उपेक्षा श्रेष्ठ श्रेया
धापासि -६ काठमाडांै ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.