गीत : जुनहरुको माझमा

~सञ्जिव खड्का~

रातभरी कल्पी बस्छु जुनहरुको माझमा
कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा ।

रातभरी कल्पी बस्छु जुनहरुको माझमा
कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा ।

रातभरी सपनीमा तिमीलाई पाउँछु
सपनिमै बर्रबराउँदै तिमीसँगै गाउँछु ।

कहाँ छौं तिमी कुन बिरानो ठाउँमा
डुल्दैछौ कि बनपाखा गाउँदै मेरो नाउमा ।

यादै यादमा दिन बित्यो कल्पनामा रात
कहिले होला पाउने तिम्रो मधुर मिठो साथ ।

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.