कविता : महत्व

~आचार्य प्रभा~

तिमी सूर्य
प्रत्येक बिहान उदाउनु अनी
हर साँझ अस्ताउनु तिम्रो
दैनिकी हो
तिम्रो नियम हो
तिम्रो स्वधर्म हो
धर्तिको साथ चाहदाचाहदै पनि
गोधुली साँझ बनेर डुब्नु
तिम्रो बाध्यता हो ।
तिमीले कठ्याङ्रिएका मनहरुलाई
न्यानो आभाष दिइरहेछौ
तिमीले काँपेका अधरहरुमा
रापिलो किरण छरिरहेछौ ।
हो सूर्य
जस्ले —ताप र रापको
महत्व बुझ्दैनन
उनिहरु तिम्रो आगमनमा हाँस्दैनन
जस्ले —तिम्रो अभावमा
माघे याम काट्छन
उनिहरु तिम्रो उपस्थितिमा रमाउछन
त्यसैले —कोही रमाउनुमा
तिमी दंग नपर
कसैलाई गुमाउनुमा पनि तिमी
हतास नबन
त र —नछोड तिम्रो नित्य कर्म
नडगमगाउ तिम्रा पाइलाहरु
तिमी सदा सर्वदा अजर ,अमर
सूर्य नै रहनेछौ
सबैलाई न्यानो स्पर्श दिएर
आफु अटल रहनेछौ ।

हाल-अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.