लघुकथा : अन्तिम मौका

~यकिना अगाध~

सर्पले भ्यागुतोको आधी जीउ निलिसकेको थियो ।

अब कसैगरी आफू बाँच्न सकिन्न भन्ने भ्यागुतोलाई थाहा थियो । यसकारण सबैसँग विदाई माग्दै ऊ कारुणिक स्वर निकाले क्याँक क्याँक रोईरहेको थियो ।

त्यो दर्दनाक समयमा एउटा फटिङग्रो उच्छिटिएर भ्यागुतोको मुख छेउमा पछारिन आईपुग्यो । भ्यागुतोले एकसेकेन्ड पनि ढिला नगरी हत्तपत्त त्यो फटिङग्रोलाई एकै सासमा निल्यो ।

नजिकैको रुखमा बसेर यो सबै दृष्य हेरिरहेको कागलाई ताजुब लाग्यो र सोध्यो, ‘ए भ्यागुतो भाइ । तिमी आफै सर्पले आधी निलिसकेको छ । केही मिनेटमा यो संसारमा हुने छैनौ । यस्तो बेलामा तिमीलाई त्यो फटिङग्रो खान के आवश्यक थियो र ?’

भ्यागुतोले भन्यो, ‘यो मेरो अन्तिम आहरा हो । मेरो जीवनमा अब यस्तो सुवर्ण मौका कहिल्यै आउनेवाला छैन । म यो मौका गुमाएर दुखी हुन चाहन्न ।’

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.