कविता : करोना सन्देश

~शोभा गुरुङ्ग~

जन्मिएर वुहानमा गर्दैछ यात्रा बिश्वभरिको
सर्बत्र फैलिएकोछ महामारी कोरोनाको ।

घरभित्रै बसौ, भिडभाडमा नजानु है
संकमणको त्रास झनझन बढ्दैछ कोरोनाको ।

मास्क लगायौ, हाछ्यु गर्दा रुमालले मुख छोपौ
सुरक्षित बसौ नत्र सर्ला जहर कोरोनाको ।

पटक पटक हात धोयौ सेनिटाईजर प्रयोग गरौ
फैलिएको छ लहर महामारी कोरोनाको ।

धेरैको ज्यान लियो चीन, अमेरिका र ईटलिमा
अझ जोखिममै छ है त्यहाँ कहर करोनाको ।

धनी गरिब, सानोठुलो, धर्म संस्कृती चिन्दैन
सचेत नहुने सबैलाई डर छ है कोरोनाको ।

योगा गरौ, ध्यान गरौ हल्का ब्यायाम पनि गरौ
नित्य थप केही गरि हटाऔ ध्यान करोनाको ।

पुस्तक पढौ, स्केच बनायौ गेम खेलौ हल्का
स्वच्छ भोजनमा पनि डर छैन करोनाको ।

छैन भेटिएको नेपालिमा कोरोना भाईरस
अहिले सम्मको रिपोर्ट छ सबै माईनस ।

बसेकाछौ घरघरमा हामी होमलकडाउनमा
बसेकोछ हप्तौ देखि देश नै लक डाउनमा ।

आजैबाट घरघरमा फैलायौ है यो सत्य सन्देश
आजैबाट आफुबाटै पालन गरौ यो जनसन्देश ।

आफू बचौ अरुलाई बचाउने हाम्रो यो अभियान
सफल पारौ सबै मिलि यो बिश्वकै अभियान ।

मिति : २०७६/१२/१९ , बुधबार ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.