~रश्मी रैखोला~
त्यो पहाडलाई हेरी आँशु बगाएँ
त्यो जहाजलाई हेरी आँशु बगाएँ
न त पहाड मलाई लिन आयो
न त जहाज मलाई लिन आयो
भोक भोक्कै छू भन्दा पनि
न त कसैले एक गास दिन मान्यो
अजम्बरी त यो सरकार पनि छैन होला
म मर्द्दै छु भन्दा पनि घिन मान्यो
चिसो बगरबाट नेपाल हेरी आँशु बगाएँ
न त नेपाल मलाई लिन आयो
महाकालीको छाल हेरी आँशु बगाएँ
न त महाकालीले मलाई लिन मान्यो
सरकार थिएन र छैन पनि
हजारौँ मजदुरको आँशु निरिह बग्यो
सिंहदरबारका आँखा के रसाउँथ्ये खै
नदीको पानीमा नि बिरह बग्यो !
~रश्मी रैखोला
दार्चुला
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)