~सदानन्द अभागी~
अहंकारी जीवधारी हस्तक्षेपी हात
घमण्डैको मातमानै वासनाको खात
कसैको नै मातमानै वासनामा छौ त
अहोरात्री वासनामै कामनाको साथ
अहोप्यारी हँसिलो नै रैछ राम्रो फेस
सुसाउँदो स्वासमानै आज काटो रात
वीर रैछ्यौ वीरतामा रासलीला भाछ
जीवनैमा हो र यस्तो तागतीमा मात
आजरात्री भोजसाथै रासलीला हुन्छ
मान सारा जीवताको साधना हो भात
सन्धीखर्क
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )