~रुद्रप्रसाद दनै~
ईहलोकबाट आउने एउटा ठुलो बाटो । यो बाटो सारै ठुलो छ सायद मानिस ज्यादै भिड लाग्ने भएकोले होला । इहलोकबाट निकैपर पुगेपछि यो मुलबाटो एउटा सुन्दर समथर स्थानबाट फाटिएर एउटा घमाईलो बाटो पुर्बोत्तर उकालो लाग्छ र अर्को निराकार बाटो दक्षीणपश्चिम ओरालो । त्यहि जक्सनमा एउटा ठुलो घर छ र घरको अगाडी काला कपडा लगाएका मानिस जस्ता आकृती ईहलोकबाट आउने मानिससँग वार्ता गरिरहेछन् । यीनीहरु ती मानिसलाई नियमानुसार पुर्बोत्तर उकालो र दक्षीणपश्चिम ओरालो पठाउँछन । एकजना बिदुषी उनिहरुसँग पुर्वोत्तरको घमाईलोबाटो जानपाँउ भनेर सेतादारी भएका चित्रगुप्त नामको परिचयपत्र धारीसँग याचना गरिरहेछिन । ती परिचयपत्रधारी आफ्नो फैसलामा टसकोमस छैनन् ।
बिदुषी भन्छिन, प्रभु म उकालो जान पाम”
चित्रगुप्त सोध्छन्: किन? के कारण छ?
बिदुषी भन्छिन : मैले धेरै धर्म गरेको छु । युबावस्था देखि हरेक सोमबार भगवान शिबको, मङ्गलबार गणपति गणेशको र शुक्रबार सन्तोषी माँ को ब्रत गरेको छु । कुनैदिन पुजा नगरी खाएको छैन । उ हेर्नुस त प्रभु, धर्मको नाममा सिन्को नभाँच्ने, मन्दिर कहिल्यै नजाने, हस्पिटलमा पुछा लगाउने, भुरा पढाउने, कपाल काट्ने हजाम र भाँडा कमाउनेहरु, लुगा सिउनेहरु समेत अरुको खेत जोत्ने निबेकेहरु सबका सब त्यतै जान पाएका छन् । म त झन ….. । अर्थ पूरा दिएर उनी वाक्य चैं अपुरो छोडछिन ।
चित्रगुप्त सोध्छन : के को लागि धर्म गरेकि थिईस? के बरदान मागेकी थिईस?
बिदुषी फुलेल भएर उत्तर दिन्छिन “छोराको बोर्ड फर्स्ट होस भनेर, पतिको दिर्घायुको लागि र समृद्दीको लागि”
“पाईस त सबै?” चित्रगुप्त सोध्छन् ।
“पाँए” बिदुषी स्विकार्छिन ।
“अब घमाईलो पुर्बोत्तरको बाटो तलाई पठाउन पर्ने गरि जनहिताय केही गरिस?
बिदुषी स्विकार्छिन : छैन ।
चित्रगुप्त फैसला गर्छन : तिम्रो भक्ति ब्यक्तिगत र परिबारहिताय मात्र भएकोले तिमी पुर्बोत्तरको उकालो जान सक्दिनौ ।
बिदुषी आफ्नै व्रत र पुजाको फल आलिसान घर, समृद्द परिबार र आयुश्मान श्रीमानको सम्झना गर्दै र रुँदै पश्चिमोत्तरको निराकार ओरालो लाग्छिन ।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)