कविता : केप्तान, मेजर र शहिद

~भरत राई~

कप्तान,
दुई एघार गोर्खा राईफल्स
मेजर,
तेश्रो बटालियन दोश्रो विश्वयुद्ध
शहिद,
प्रजातान्त्रीक लडाईमा शहादत
कप्तान कोठाभरि तक्मा, पदक, विल्ला झुण्डयाएर
बीरताको कथा सुनाउदै,
मेजर बम, बारुद, बंकर र विगत सम्झेर
विजयको गांथा सुनाउदै,
शहिद भोका, नाङ्गा, थिचिएका र मिचिएकाहरुलाई
बन्द फ्रेमबाट नियाल्दै
कप्तान र मेजर स्वाभिमान बेचेर भएपनि
भोका र नाङ्गाहरुको वस्तीमा वीरगाथा सुनाउछन्
शहिदहरु आमाको काखमा हाँसी हाँसी फाँसी चढेर पनि
गरिब, निमुखा र असहायहरुको पिडामा आँशु चुहाउछन्
बश !
कप्तानहरु बाँचेपनि मरीरहेको छन्
मेजरहरु मरेर पनि मर्ने नै छन्
शहिदहरु मरेरपनि बाँची नै रहनेछन्
श्वास रहुन्जेल मेजरहरु बाँच्छन्
देश रहुन्जेल शहिदहरु बाँच्छन्
इतिहास बाँचुन्जेल शहिदहरु हाँस्छन् ।

(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.