निबन्ध : समाजको ऎना

~भरत खत्री~

तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्‍यो भने भगवानले कान काट्छ्न , पिपलको रुख र ठुलो बुडो रुखमा (कुल्चिनु हुन्न, चड्ने कोसिस गर्नु हुन्न) भग्वान हुन्छन् , कुकुरलाई वा अन्य कुनै जनावरलाई लात्तीले हान्नु हुन्ने …राती सुत्ने बेला खुट्टा दुख्छ, सुर्य र चन्द्रामा भग्वान हुन सधैं अभिबादन गर्नु पर्छ, ढुङ्गा माटोमा नि भगवान हुन्छन् पुज्नु पर्छ, तिमीले गलत काम गरेको मान्छेले नदेखे पनि भग्वानले देख्नु हुन्छ त्यसैले गलत केही गर्नु हुन्न, आफू भन्दा ठुला बडालाई आदर सत्कार र सानोलाई माया गर्नु पर्छ, हामी चार दाजुबहिनी लाई मम्मी भन्नू हुन्थ्यो कहिँ कतै जानू पर्यो भने, आफू भन्दा ठुलोलाई सोधेर जानू पर्छ, यदि घरमा कोहि छैन भने घरको धुरी खाबोलाइ (परम्परागत घरमा घरको छानो ब्यालेन्स गर्न प्रयोग गरिने काठ) सोध्नु पर्छ यस्ता थुप्रै कुरा भनिन्थ्यो । हाम्रो वरपरको वातावरण नै त्यस्तै थियो । बच्चामा केही जान्ने र जिज्ञासा् हुनु सामान्य हो तर जुन कुराको भोको छौं त्यहीँ कुरा पुर्ती नहुदा भोक घट्नु पनि स्वभाविक हो । किनभने के कुरा गर्दा के हुन्छ भन्ने प्रश्नको जबाफ सबै सङ थियो, तर विडम्बना किन? भन्ने जबाफ कसै संग थिएन । किनको जबाफ भग्वानमा आएर अडिनु निकै दु:खद कुरा हो । अहिले पनि हामी त्यहीँ स्थित बाट गुज्रिरहेछा छौं । हामीले हाम्रो बच्चाले सोध्ने किन? को उतर फर्काउन सक्दैनौं । जसले गर्दा बच्चाहरुको मानसिक स्थितिमा गहिरो प्रभाव पर्ने गर्छ स्वम हामीलाई हेर्नु १०० मा २ प्रतिशतलाई मात्र किन? भन्ने थाहा छ । यसरी नै बच्चाहरुको जिज्ञासा् नमेटिने हो भने भोलिको हालत के होला स्वम बिचार गर्नुहोस् त… बच्चाहरु नै भोलिको भविष्य हुन् । अहिले नै चासो दिएन भने पूर्वीय दर्शन शब्दमा मात्र सिमित रहन केही समय लाग्दैन ।

यो कुराको उत्पति कसरी भयो । अन्धविश्वास भन्नाले कुनै पनि कुरा दुई वा दुई भन्दा बढी समय त्रुटिले गर्दा एउटै नतिजा आउनु लाई जनाउछ । अहिलेको पुस्ताले यो सबै कुरालाई अन्धविश्वास मान्छ । किन भने यहाँ किनको कारण खोजिएन…। अब अन्धविश्वास मान्नु आस्तिक लाई भन्दा पनि नास्तिक लाई सजिलो छ । किनकि यहाँ किनको प्रतिउतरमा भग्वान शब्द छ । अब दुबै कुराको सत्यतथ्य तर्फ लागौं । हुन् सक्छ पुरानो समयमा मानिस हरुले मान्छेको बिचारलाइ भन्दा पनि भग्वानलाई बढी बिश्वास गर्ने भएकाले कोहि बुद्धिमान व्यक्तिले यसलाई भग्वानको माध्यम बाट प्रयोगमा लिएको हुन्छ सक्छ । अर्को कुरा सायद यथार्थमा नै भगवान बाट यस्तो बिचार दियो कि । संभावना दुई वटा छन्, नजिकको दशमलवमा शुन्यन्त गरे झैँ हामीले पहिलेको संभावनालाई आधार मानेर कुरा गर्छौं किनभने यो युग विज्ञानको युग हो ।

पानीको मुहान नजिक दिसापिसाब फेर्नु हुदैन भग्वानले कान काट्छन मतलब हाम्रो शरीरको बिकारयुक्त र हाम्रो शरीरमा भएका किटाणु निस्कने द्वार नै यहीँ भएपछी पानीको मुहान नजिक दिसापिसाब गरेमा त्यो पोहोर कसरी पानीमा फैली सबैमा फैलिन सक्छ । तपाईं हरुले बिचार गरि सक्नु भयो होला, पिपलको रुखमा वा बुडो रुकमा चढ्नु हुन्न हिड्दा दाहिने पारेर हिड्नु पर्छ, मतलब पिपल हामी सबैलाई थाहा छ, हिन्दु धर्म शास्त्र अनुसार भग्वान विष्णुको अवतार मानिन्छ, मतलब पिपल संसारको एउटा मात्र यस्तो रुख हो जस्ले सबैभन्दा बढी अक्सिजन दिने गर्छ, रुखलाइ दाहिने पार्नुको मतलब यदि कसैले हामीलाइ केही दिन्छ भने सम्मान स्वरुप पुजा र आदर गर्नु कर्तव्य बन्छ । हाम्रो पर्यावरणलाइ सन्तुलन बनाउन पिपल र बुडो रुखले खेलेको अतुलनीय भुमिका आगाडी आउछ । कुकुर वा जनावर लाई लात्ती वा अन्य कुनै माध्यम बाट कुटपिट गर्नु हुन्न सुत्ने वेला खुट्टा दुख्छ, यो संसार मानव जातिको मात्र हैन, जति अधिकार हामीलाई यहाँ बस्न पाउने छ त्यति नै अधिकार यहाँ भएका जनावरको पनि छ । आहार शृङ्खलाको माध्यम बाट हाम्रो लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरेको सहयोग प्रतिको संमान नै माया देखाउनु हो । सुर्य, चन्द्रमा, माटो र ढुङ्गा भग्वान हुन अभिबादन तथा पुजा गर्नु पर्छ, मतलब छर्लङ्ग छ सुर्य बिना पृथ्वी अपुरो छ, अनि चन्द्रामा बिना पनि पृथ्वी अधुरो छ र रहयो माटो र ढुङ्गा… माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो यो हामी निकै नै सुन्दै आएका छौँ । अरुले गलत काम गरेको नदेखे पनि भगवानले देख्नु हुन्छ मतलब आफु भित्रको “म” ले देखेको हुन्छ भन्नू नै यसको मुख्य तात्पर्य हो किनकी जीवनमा सफलता पाउनको लागि आत्म अनुसासन प्रमुख कुरा हो । कहिँ जानू भन्दा अघि घरको धुरी खाबोलाइ सोध्नु भनेको के को लागि किन जाँदै छु, गएर कतिबेला फर्कन्छु, के के गर्छु भन्नेर आफुलाइ आफै प्रश्न गरि म ठिक गर्दै छु वा बेठीक भनेर पता लगाइ निष्कर्षमा पुग्नु हो । यी यस्ता यावत कुराहरुको उतर हामीले हाम्रो मन बाट खोज्यौ भने पाउन सक्छौं ।

अब कुरा भग्वानलाइ नै किन भनियो भन्ने कुरा आउन सक्छ । जस्तो कि हामीलाई अप्ठ्यारो परेको बेला हामी सुरुमा भग्वानलाई सम्झनछौ, भगवानको नाम लिइ पुकार छौं, भगवान नाम लिइ विभिन्न भाकल गर्छौं । यसले के हुन्छ भने भगवान लाई पुजा गर्दा वा पुकार्दा हामी हाम्रो यात्रामा हुन्छौं । पुजा गर्दा, मैले अब के गर्दै छु कति समयमा भाकल पूरा हुन्छ भन्दै दिनहुुँ याद गरिराख्छौ अनि आफुले भाकल गरेको कुरा अरुलाइ भन्नू हुँदैन भन्ने चलन पनि छ । यस्को मुख्य कारण चाहिँ अनुसन्धानको अनुसार यदि हामीले हाम्रो लक्ष्य अरु सित भन्यौं भने हाम्रो शरीरले हाम्रो लक्ष्य प्राप्त गरेको केमिकल रिलिज गर्छ । जसको कारण हामीलाई त्यो लक्ष्य प्राप्त गर्दा जति खुशी मिल्ने वाला थियो । त्यति नै मात्रामा कसै संग लक्ष्य साटासाट गर्दा मिल्छ जसले गर्दा बिस्तारै त्यसको प्रभाव वास्तविक लक्ष्यमा पर्न जान्छ । त्यसैले गर्दा भाकल गरेको कुरालाइ नभन्नुको कारण हामी यहाँ बाट बुझन सक्छौं । विश्वको बेस्ट सेलर बुक मध्येको ” थिङ्क एन्ड ग्रो रिच”मा भने अनुसार उदाहरणको लागि तपाई अहिले सामान्य व्यक्ति हो, तपाईं अब को पाँच वर्षमा ठुलो विजनेस म्यान बन्न चाहनु हुन्छ भने तपाईंको लागि सबै भन्दा पहिले त्यो सपनाको मोड्ल कापीमा तयार बनाई दिनहुँ पढ्नु पर्छ । जस्ले गर्दा तपाईंलाई बिस्तारै त्यही अनुसार हाम्रो दिमागले दिशा निर्देशन गर्छ भनेर भनिएको छ । यसबाट हामी के बुझन सक्छौं भने भाकल गरेर पुजा गर्दा त्यो कुरा हाम्रो दिमागमा आउँछ अनि हामी भग्वानको अघि यो कुरा सुनाउछौ जसले गर्दा हामी हाम्रो लक्ष्य तर्फ आगाडी कर्म गरेर बढी राखेको हुन्छौं ।

– भरत खत्री,
गुल्मी धुर्कोट-३ हाडहाडे
हाल – दक्षिण कोरिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.