कविता : समवादी कोरोना

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

हा हा के भयो यस्तो मृत्यु मडारियो गाथ गाथमा ।
आएर हेर प्रभु जगतमा मानवमा हा—हाकार छायो ।
दृश्य शत्रुसंग लड्नलाई बनाएका हात हतियारहरु ।
अदृश्य शत्रुरहेछ कोरोना भए निस्तेज हतियारहरु ।

ज्यान नलेउ भनी बिन्ति गर्दा नआऊने सन्मुखमा ।
घुस दिन्छु नमार भन्दा मानवजस्तो होईन म भन्ने ।
पैसामा बिक्ने रहेनछ कोरोना मानेन, मानेन घुसखान ।
कति शक्तिशालीरहेछ कोरोना प्रतिनिधि यमराजको ।

आफ्नो कर्म गरिरहेछ गुप्त तवरले कस्तो प्रतिभाको ।
बिज्ञान हारखान्छ कि ? त्राही त्राही बनायो संसारलाई ।
बिभेद गरेन कोरोनाले उसको नजरमा समान मानवहरु ।
रहेछ कट्टर समवादी कोरोना ग¥यो ब्यबहार समानको ।

देखिएनन् अगुवा पछुवा गलामा पहिराईदिने मालाहरु ।
बाटो खाली गर्ननपर्ने एकलैहिड्ने नचाहीने सवारीहरु ।
गरिव धनि शासक शाशीत समान संसारका मानवहरु ।
आहारारहेछन् कोरोनाका बिभेदनगरी क्वाप्प खादै हिड्दै ।

आरक्षण गर्दाेरहेनछ ब्यबहारमा समान महिलापुरुष ।
लंैगिक विभेद गर्दाेरहेनछ कोरोनाले समान ब्यबहारको ।
कुनै देश महादेश छोडेन त्यसले न त कुनै धर्मकालाई ।
पक्का समबादी रहेछ कोरोना ग¥यो ब्यबहार समानको
।५
भन्छन् नजानु भिडमा साबुनले धोईरहनु हातमुखबरु ।
एकान्तबास रहेछ जित्ने हतियार पालन गरौं नियमहरु ।
हातमा लगाउँ पञ्जा सेनेटाइजर मुखमा लगाउँ मास्कबरु ।
दुरी कायम गरि बसेर घरमा भगाउँ कोरोनालाई ।

नेपालीको संस्कार सँस्कृति सभ्यता साह्रै अनुपमको ।
अंकमाल नगरी हात नमिलाई नमस्कार को चलन हाम्रो ।
मान्यजनलाई ठोग नगरौ आशिष मागौं टाढैबाट ।
यि नियम पालनगरी हराआंै समवादी कोरोनालार्ई ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.