~मोहन श्रेष्ठ~
कती जंगलमा घर फर्क दाजुभाई
तिम्रो सानो घर त चुहिसक्यो होला
एउटा भाई डाँडा वारी अकोै भाई डाँडा पारी
लडांई गरी किन मर्छौ पालैपालो गरी
के चाहन्छौ आखीर चेलीको सिन्दुर पुछेर
शान्ति हुन्न कसैलाई लडाई लडेर
आमाले आर्शिवाद दिएको छैन विध्वंश गर्नलाई
वावाले अराएको थियननी तरवार भिर्नलाई
बृद्व जन्मीएको घरमा शान्ति कता गयो
गोला र वारुदले सवै चिज धोस्त भयो
चेली रुन्छीन विरहमा आँसु कस्ले पुछ्ने
कलीलैमा विधुवा वन्नु प¥यो मर्म कसले बझ्ने
आखिर के गर्न सक्छौ र हतीयार उठाएर
के उपलव्धी भयो र रगतको खोला वगाएर
हत्या हिसा रोकी शान्ति गर दाजु भाई
हाम्रा चेलीवेटीलाई सिन्दुर र पोतेले सजाउनलाई
झगडा नगरी मित्रताको फुलबारीमा वनाउ दाजुभाई
हाम्रा बाल बच्चालाई लालन पालन गर्नलाई
आखिर के गर्न सक्छौ र रगतका ेखोला वगाएर
जे गरे नि ६ धन कपडा र ६ फीट माटो नै काफी छ ।
(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)