~विवश सुवेदी ‘इश्वर’~
स्याल र गिद्धको युद्धमा ,
नेपालीको मासु हराईरहेछ ।
पापी र जालीको मरुभूमीमा ,
नेपालीको रगत सुकीरहेछ ।
अभाव र अशिक्षाको शहरमा ,
कोलाहलको आतंक गुञ्जाईरहेछ ।
पिडाको मर्माहतमा ,
अभावको गाना घन्किरहेछ ।
विर सपुतका सम्झनामा ,
गुमाएको सिमा रोहीरहेछ ।
पुर्खाको अमूल्य वलीमा ,
संघ्रर्षको मुटु चस्कीरहेछ ।
सुन सान वुद्धको देशमा,
हत्याको वाढी उर्लीरहेछ ।
गरिव र निर्दोषको हत्या,
नेपालीको पेशा बनिरहेछ ।
निर्दोष चेलीको सिउदोमा ,
पुछिएको सिंन्दुर तड्पी रहेछ ।
(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)