लघुकथा : नेताकुञ्ज

~कुमार सिं राई~

चौबाटोमा उभिएको सिसमहल देखाउदै बटुवाहरु प्रशंसा गर्दै थिए, नेताजीको घर त साह्रै राम्रो । कति भब्य महल । कति आकर्षक र सुन्दर कुञ्ज ।” आदि इत्यादि ।

म पनि ठिङ्ग उभिएर नेताजीको घर हेर्न थालें, हेर्दा हेर्दै विभिन्न दृश्यहरु प्रतिविम्बिन हुन थाल्यो ।

झ्यालहरुमा तावा खोलाको सिंचाई योजना देखें । छानामा सिन्कौले खोलाको खानेपानी धारा देखेँ । भित्ताहरुमा सडकहरुमा काम गर्ने कुल्ली देखें । कम्पाउण्डमा जिल्ला विकासको ग्रामिण पूर्वाधार कार्यक्रम देखेँ । बगैचामा यूनिसेफको सरसफाई कार्यक्रम देखेँ ।

त्यो घरले मलाई तर्साएझै लाग्यो र, म फटाफट् गन्तब्यतिर लागेँ ।

(स्रोत : धनकुटा सन्देश – अङ्क ५, जुलाई २००५)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.