कविता : मेरो देश र देशवासी

~शंकरहरि खालिङ राई~

उठ जाग देशका, युवाहरु हो ।
तिम्रै लागि भनि यहाँ, गर्छन अरुको ।
कर्म गर्दै आफ्नो लागि, अघि बढ्छ जो ,
उदाहरण बन्छ आज, विश्वकै लागि त्यो ।

स्वाबलम्बि बन्नै पर्छ, आफ्नै लागि साथि,
जसले गर्छ सतकर्म, उही हुन्छ माथि ।
देशको लागि जसले गर्छ, गर्छ खोली छात्ती,
उही बन्छ आज नौलो, संसारको मोती ।

करौडौं छन् नाङगा यहाँ पाको छैन खान,
तिनलाई माथि उठाउनु छ, तिमी आफै जान ।
देशको विकस गर्नु छ, तिमीले बुझन ।
अशिक्षा र बेरोजगारी बढेकै छ मन ।

तिनलाई माथि उठाउने पो के ले? कसो गरीकन?
जसैगरी उठाउनेछु, गए जाला ज्यान ।
तिमी पनि त्यसको जरा, मास्नै पर्छ भन ।
मैले पाए तिमीलाई ढुक्क भयो मन ।

देशको विकास गर्ने भए गाउँकै गर्नु पर्छ ।
विकास खोज्ने आज मुर्ख, शहरतिर झर्छ ।
देश उठाउने भए तिमी, उठाउ गाउँ जहिले ,
देशको विकास गर्ने भए, गाउँकै गर्नु पहिले ।

गाउाको विकास भए मात्र, देशको विकास हुन्छ ।
यति गरे पछि मात्र, देशले शिखर चुम्छ ।

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.