~मुकुन्द ‘प्रयास’~
बाँधिएको गाई न हो कुटे पनि हुन्छ
काम सिद्धियो भाँडो फूटे पनि हुन्छ
देखुञ्जेल आफ्नै भन्नु अंगालोमा वाँध्नु
आँखा छेकियो गोजी लुटे पनि हुन्छ
प्रशं्रसाका थुँगाहरु उन्नु सम्म उन्नु
विदा गरियो माला टुटे पनि हुन्छ
पसिना र रगत एउटै ठान्ने साथी
स्वार्थ चुलियो साथ छुटे पनि हुन्छ
धेरै धेरै मान्छेहरु मान्छे पिच्छे कुरा
कुरौटे नै कुरौटे अव जुटे पनि हुन्छ ।
–रक–भा कला केन्द्र, धनकुटा–७
(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)