कविता : कलम

~राजु चेम्जोङ (जे.के. प्रदेशी)~

भावी दिनहरुमा पनि कहिल्यै नथाकून ति हातहरु र कलमहरु पनि
अक्षरका खेती गर्नेहरु कहिल्यै थाक्दैनन् भोक निद पनि भन्दैनन्
बेच्दैनन स्वाभीमान पैसामा, रातलाई रात र दिनलाई दिन नै भनेर
लेख्छन, र यस्लाई नै आफू हुनुको यथार्थता सम्झन्छ्न्
यो परदेशबाट कलम र कलम चलाउने हातहरुलाई
सम्मान गर्न चाहन्छु किनकी, मैले कलम चलाएको छैन
तर, थाहा छ कलमको शक्ति
कति हुन्छ भनेर, त्यसैले अहिले देशमा
बम,वन्दुक र तरवारहरु सकृय भई रहेका छन्
दिन दुःखीहरुका सारा छाप्राहरु डड्दैछन रे धुवासंग
छोरी चेलीको अस्तीत्व लुटिएका छन् रे दिनदहाडै
रात परेको छ देशमा उज्यालो हुने छेकछन्दै छैन..हो
यहिनै वेला कलम रोकीन्नु हुन्न र थाक्नु हुन्न
कलम चलाउने हातहरु र विसाउनु हुन्न कलमहरु
किन भने इतिहास साक्षी छ कलम !
कहिल्यै कहिल्यै हार्दैन युद्धमा
आज सम्म हारेको पनि छैन

र, आज हारेको पनि छैन ।।।।।।

– हाल मलेशिया बाट

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.