~राजेश राई~
लामो यात्रापछि
युगजेता द्धारा गर्भवती भएकी समय
प्रसव पिडा बोकेर
सुरक्षित प्रसुति गृहको खोजी गर्दागर्दै
नयाँ अन्वेषण
नयाँ प्रक्षेपण
र नयाँ अध्यायसँगै
जन्माउन बाँकी,
एउटा अन्तिम सन्तान जन्माउनलाई
असल सुडेनीको खोजी यात्रमा,
उर्लिदा उर्लिदा
फेरी समय,
आज,
सुल्टो हैन
उल्टो बग्दै छिन् ।
साह्रै धमिलो भएर
साह्रै अमिलो भएर
किनी,
समय आज,
एउटा सन्तान जन्माउन नपाउदै,
अर्को पिपासुद्धारा
लुटीएकी छिन्
बलात्कृत समय,
विटुली भएर,
अब नयाँ संस्कारको खोजीमा छिन्
तरकी उनी
पिपाशुद्धारा लादिएको गर्व फ्याकेर
युगजेताद्धारा राखिएको गर्व
जन्माउन चाहान्छीन्
त्यसका लागि,
तिमी जस्तो नशामा रगत भएका
असल संगीन बोकेका
चिकित्सकहरुको साथ खोज्छीन्
त्यसैले त,
उसको पिडामा,
तिमी एकचोटी साथ देउ न त
अब त,
जन्मी हाल्छ नी
सदियौं देखि,
जन्मन खोजेका,
एउटा अन्तिम बालक ।
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)