कविता : भोकभोकै मर्न लागे कवि–कलाकार

~गोकुल जोशी~

क्रान्ति गर्ने हिंसावादी हुने भएदेखि
तिमी नै हो हिंसावादी नगरन सेखी ।
गरिबको सुस्केरामा रुन्छ तिम्रो आत्मा
वेचिदिन्छौ जिन्दगी नै विदेशीको हातमा ।

ऋण तिर्न नसकेर विदेशमा झर्छौ
अंग्रेजको जालभित्र चालै नपाई पर्छौ
लडाई र बढाईमा खर्च गर्ने धन
कारखाना र कलेजमा लगाउन भन ।

आपसको विद्रोहले आगो लाग्यो घरमा
नचिच्याउ अमेरिकी डलरको भरमा
पेशा तिम्रो किसानको शोषण गरी खाने
ढोंग रच्छौ जनतालाई घाटो देखाउने ।

भोकभोकै मर्न लागे कवि कलाकार
तड्पाएर नमारिधौ झुण्डाएर मार ।

(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.