लघुकथा : उम्किएको माछो

~पर्शुराम पार्के नेपाल~

ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द र खुशी महसुस गर्छिन ।

तर दिन प्रतिदिन उसको श्रमिानको ड्रग्समा लत बस्दै जान थाल्यो । झगडाले ठूलो रुप लिन थाल्यो । रमिताको धन सम्पत्ति भन्दा ठुला केही होइन भन्ने सोचाईले पनि श्रमिानले मायाको बद्ला कुटपिट र नानाथरी गालीको उपहार दिन थाल्यो । यसरी वित्न थाल्यो रमिताको दिनचर्या ।

उता विवेकले अत्यन्तै भलादमी सीतासँग विवाह ग¥यो । उनीहरु घुम्न विराटनगर लागे । विराट नर्सिङ्खहोममा सीताकी वहिनी काम गर्थिन । भेट गर्न विवेक र सीता भित्र छिरेका थिए, रमितालाई उसको श्रीमानले पिटेर लागेकोले ससुराले उपचार गराउन ल्याएका थिए । रमिताले सीता र विवेकले गफ गर्दै गरेको देखिन् । रमितालाई पोल्न थाल्यो । उनले थाहै नपाई ससुरातिर फर्केर “वा ! उमिएको माछो” भनिन् । ससुरा कुरै नबुझी ट्वाल्ल परेर हेरिरहे ।

–जीतपुर, धनकुटा ।

(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.