~जे.वि.थुलुङ्ग “जीतविन्दु”~
हरपल फूल रोइरहेछ वारीमा वसन्त आएर के भो ?
लाखौ पेटहरु भोका छन् मैले मीठो खाएर के भो ?
झुत्रे झाम्रे दाजुहरु नाङगै आङले पहाड मधेस झर्छन्
ढाक्रे भरियाको त्यही ताँतीमा मैले सुकिलो लाएर के भो ?
दुःखै दुःखको भारी बोकेर दिदीहरु लेकबाट वेसी झर्छन्
अरुलाई अध्यारो सडकमा हाडी मैले सुख पाएर के भो ?
युगौदेखि मान्छेहरु आवाज दबाउदै थिचिएर मर्छन्
जसको लागि गाउँछु उसैले बुझ्दैन भने मैले गीत गाएर के भो ?
सपना बेचेर साथीहरु तारे होटलमा आफनो पेट भर्छन्
सुन्दर नौलो विहानी ल्याउन मैले मात्र चाहेर के भो ?
–बेलबारी, मोरङ्ग
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)