कविता : चमेराहरु

~गोविन्द विकल~

चमेराहरु
रुखमा उल्टो झुण्डिन्छन्
र, हरेक कुरालाई उल्टो देख्छन्
सडकमा जुलुस कुदिरहेछ
जुलुसमा लाठी, ढुगा–मुढा बर्सिरहेछन्
कतिको टाउको फुटिरहेछ
र रगत बगिरहेछ
तर, चमेराहरु यस्तो दुर्दान्त दृश्यलाई
प्रेम–उत्सव देख्न्
र ढुंगा–मुढालाई फूल बर्सेको देख्छन्
चमेराहरु
उल्टो झुण्डिएर
रक्तपात्र देख्दा
हर्षोल्लास नाच्छन्
त्यी चमेराहरु

–धरान

(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.