~विमला तुम्खेवा~
बगाएर तिम्रो खातिर आँसुहरु खुन जस्तो
बल्झिएर सबै मुटु ओइलिएको जुनजस्तो
धेरै भयो हाँस्न छोडे गोरेटोको चापहरु
होइन होइन जीवन पनि कस्तो विना नूनजस्तो
उदास उदास गल्लीहरु चौवाटोमा कति कुर्नु
कसो कसो नविर्सिने पिरतीको धुन जस्तो
त्यसै त्यसै तिम्रो खातिर विना अर्थ कति दुख्नु
दया गरी लगाएको म माथिको गुन जस्तो ।
–साभार हिमालबाट
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)