कविता : मेरो घर छेउको ग्याविङ

~माधब श्रेष्ठ~

मेरो घरको छेउमा लगाइएको ग्याबिङ्ग
बर्षै पिच्छे फेरिन्छन्
ट्याक्टरले किचेर होला, बर्षातको भेलले होला
यस्तै अड्कल काटिन्छ, फेरी म हेर्छु
अन्तका ग्याविङ्गहरु, जहाँ बस,ट्रक जस्ता
धेरै यातायातहरुले किचिन्छन्, बर्षातको भेल एकै हो
तर पनि बर्षाै भइसक्यो
त्यो फेरिन्न अझ बर्षौ धान्ला जस्तो छ,
मेरो घर छेउको ग्याविङ्गलाई के भएको हो ?
एक बर्ष बित्न पाएको हुन्न,
सडक देखि तल तल, यत्र तत्र छरिन्छन्
अनि फेरी नयाँ बन्छ, यो सब देखेर
म अचम्ममा पर्छु
धेरै पछि पो थाहा भयो ग्याविङ्गको बाहिरी मात्र ढुंगा
भित्र त सव माटो भरिदोरहेछ !
र ढुंगाको दाम लिएर ठेकदारको खल्ति भरिदोरहेछ
त्यसैले मेरो घर छेउको ग्याबिङ्ग बर्षैपिच्छे नयाँ बन्दोरहेछ ।।

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.