~विजय सुब्बा~
विरानो भो आफनै ठाउँ नचिने झै जस्तो लाग्छ
हिडेकै छु तर किन नहिडे झै जस्तो लाग्छ
धेरै थोक किनेको हुँ बजारमा तर
आज हेर्दा केही पनि नकिने झै जस्तो लाग्छ
सबै हिड्छन् आफू खुसी मात्र म छु बन्धनमा
मेरै मुद्दा मात्र अझै नछिने झैं जस्तो लाग्छ
कस्तो भा’ हो जमाना नि अनुहारै कालो कालो
बाँच्नु त के बोल्न सम्म नदिनै झैं जस्तो लाग्छ ।
–तेह्रथुम, हाल काठमाडौ
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)