~रमेश दियाली~
बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो हालेर ग्वा..ग्वा… रोईन। उनको आसु मेरो छातीमा लतपत्यो। मेरो धड्कन बड्न थाल्यो। निधारका केही भागमा पसिनाका दाना उम्रिदै थिए। म सान्तवना दिदै सम्हालिदै थिए। बिस्तारै अंगालो बाट हट्दै मेरो आखामा हेरेर बोलिन-“ अब हामी मर्छौ होला है ? फेरी सुक्क सुक्क गर्दै आँसु बगाउन थालिन। आखा राता राता थिए। म मौन भए। शब्दहरू एका एक बिलिन हुदै हराए। अझ भनौ म आफै हराए , एउटा सुन्यतामा। फेरी उसै गरि च्याप्प च्यपिन। मेरो बिस्तारै बोली फुट्यो- “ केही हुदैन, न डराउ! म छु नि तिम्रो साथमा। डरको सास सुस्त सुस्त बाहिर फ्यकिन र आँखा बन्द गरिन। म छुट्याउन सक्दिन। तिम्रो र मेरो सम्बन्ध प्रेम संगै श्रीमान श्रीमतीमा आएर जोडीएको छ। जिवनको स्वर्णीम सुरूवात भर्खरै सुरू हुदै छ। तिम्रो अंगालो भरिको माया पाउन नै मैले यो यात्रा तय गरेको हो। मेलै मेरो मन र शरीर नै समर्पित गरेकी छु। हिजोको दिनलाई भूली दिएको छु। थाहा छैन भोली के हुने हो। उनि बोली रहदा फोनको घण्टी बज्यो। टि.. नि… नि …!
मैले फोन उठोए। “ तिमीहरूलाई कस्तो छ ? मैले त नजानु भनेको अस्ती नै ? ईटाली पुरै लक डाउन गरेको छ भन्ने समाचार आको आई छ। मान्छेहरू मरेका मरै छन रे। फोन नेपालबाट बुबाले गर्नु भएको थियो। प्रश्न माथि प्रश्न गर्दै हुनुहुन्थो। भन्दै हुनुहुन्थो -“ हामी यहा चिन्ताले मर्न आटी सक्यौ। फेरी बुहारीको बाबा आमाले सोधी रहनुहुन्छ। हामीले के जवाफ दिनु? बुबाको बोलीमा डर र आक्रोस थियो। मेलै केही भन्न सकिन। नजवाफ भए। हामी ठिकै छु बुबा .., भन्दै फोन राखिदिए। भन्नै कुरा धेरै भए पनि भन्नै सकिन। झ्यालबाट छिरेको प्रकाशतिर हेरे। उज्यालो आईसकेको थियो। सुनसान सडक मौन थिए। भ्यानिस सिडी दिउसै अध्यारो बोकेर बाची रहेको बेला उज्यालोको खोजीमा मानिसहरू बन्द कोठामा कैद थिए। आज मानव बस्ती पुरै अन्धकार छ। उनी मोबालमा हाम्रो बिहेको फोटाहरू हेर्दै टोलाईरही थिई।फोटाहरू संग सुन्दरताको रंग भर्दै थिईन। हातको औलाहरूले फोटाहरूलाई स्पर्स गर्थिन। मायाको स्पर्स अजिवको हुदो रहेछ। अ ! सच्ची , उनको नाम काव्य थियो। मैले नाम भन्नै पर्छ। हाम्रो बिहे भएको एक महिना भयो। हनिमूनको लागि ईटाली आएका हौ। प्रेम बिबाह थियो। एक अर्कालाई नजिकै बाट बुझेका थियौ। दुई दिन भयो कोठामा बसेको। सोचे भन्दा भिन्न भयो ईटाली। हामी आए लगतै डब्लु.एस.ओ .ले कोरोना भाईरस संक्रमण भएका सबैलाई प्ररिक्षण गर्न आवाहन गरेको थियो।आवाहन गरे लगत्तै ईटली पुरै लक डाउन भयो। अझ भेनिस सिटी त कर्फ़्यू नै लागे जस्तै भयो। सुनसान सडक र पसलहरू बन्द थिए। आवश्यक पसलहरू देखि बाहेक सबै बन्द भए। छिन छिन मै समाचार हेर्थौ। सोसल मिडियाले झन त्रास भरिदिएको थियो। कहाली लाग्दो दिन असाध्यै धमिलो थियो। आकाशमा कुहिरोहरू एक आपसमा मडारि रहेका थिए ।म कुहिरो भित्रको घामलाई खोज्दै थिए। पानी भने परेको थिएन। हामी स्पेलडिट भेनिस होटलमा बसेका थियौ। रूम न. १४। होटल बाट वरिपरि हेर्दा भेनिस सिटीको खाका प्रष्टै देखिन्थो। सुन्दरताले भरिएको पुराना महल र मूर्तिहरूले थप आकर्षक देखिन्थो । होटल भन्दा पर ग्रेण्ड केनलमा हरियो रंगको पानी आफै संग रमाईरहेको थियो। आज बोडहरू छैन। खुल्ला आकाशमा उडेका चराहरू स्वतन्त्र उडिरहेका थिए। रोड पर सम्म मैदानी फाँट जस्तै देखिन्थो। फराकिलो तर एक्लै। सुस्त सुस्त हावामा मसिना फूलका पातहरू नाचीरहेका थिए। मनमोहक दृश्यहरू देखिन्थो। हावा आउथ्यो र हराउथो। ब्यस्त शहर एकाएक शान्त थियो। हामी भने अशान्त थियौ। मनमा अनेक थरि कुराहरू चलिरेको थियो। दिनलाई बिदा गरेर भेनिस सिटी बास बस्न खोज्दै थियो। कोठा बाट यसो बाहिर हेर्न मन लाग्यो। काव्यले कफीको अफर गरिन। हामी दुवै कफी पिउदै झ्यालको पातलो पर्दा हटाएर शान्त भेनिस सिटी हेर्न थाल्यौ। आँखाहरू पर पर भिजायौ।
गोधुली साँझमा जब घामले पेहेला किरण छोडदै बास बस्न जादै गरेको दृश्य हेर्न हजारौ मान्छेकोहरूको भीड लाग्ने ठाउ आज एक्लो भएको देखिन्थो।नितान्त एक्लो देखिन्थो। पुलको मुनी बसेर घण्टौ गफ गर्ने प्रेम जोडीहरूलाई पुलले पर्खीरहेको भान हुन्थो। हात समातेर रंगिन जिवनका गफ गर्दै वाकयिन गर्नेहरूले सम्झनाका डोवहरू छोडेर गएका थिए । हामी एक अर्कालाई हेर्छौ। अनुहारमा निरासका रेखाहरू प्रष्टै देखिन्छ। खै कस्तो ! धमिलो पानी जस्तै , आँखामा धुलो परे जस्तै। आज हाम्रो आँखा बोली रहेको थियो। मुखबाट शब्दहरू निसिक्न सकिरहेको थिएन। लाग्छ हामी एक अर्कालाई बिसिर्दै छौ। काव्याले लामो सास फेरिन। मैले काव्यको कुममा थुम्थुमाय। उनले मेरो कुममा टाउको राखिन। जिवन कहा गएर ठोकिदो रहेछ , थाहा नहुदो रहेछ। अनेकौ घटनाहरू बिच जिवनका गोरेटाहरू निर्माण गर्नु पर्ने। कति खेर के घटना घट्छ पत्तै नहुने। उनि मौन संवाद गरिरहकी थिईन। भन्दै थिईन- एउटा सुन्दर फूल त्यो खोला बस्ती संगै झर्दै बग्दै छ। मानव बस्ती बिस्तरै ख़ाली हुदै थियो। साच्चै जिवन एका देशको कथा जस्तै रहेछ। कथा त हो नि जिवन मेलै थपे। हामी एक अर्कामा लिन भएर धेरै बेर सम्म गफ गर्यौ। काव्य ले भोक लाग्यो भनिन। मैले यता उता हेरे। खाने कुरा केहि थिएन
पसलहरू बन्द छ के गर्ने त ? मैले जिज्ञासा सहित प्रश्न गरे। उनि केहि बोलिनन। सोचे कुनै पसल त खुल्ल होला। हेरेर आउछु। काव्य ! तिमी बस्दै ग़र म बाहिर हेरेर आउछु। यस्तो अवस्थामा बाहिर जानु राम्रो होईन। ईटाली सरकारले कोरोना भाईरसको संक्रमण रोक्नको लागि पन्ध दिन सम्म लकडाउन गरेको समाचार आईरेको छ।त्यो तिमीलाई थाहै छ। ।यो अवधीमा बाहिर जानु भनेको खतरा हुनु हो। मलाई एकदम डर लागिरहेको छ। मलाई एक्लै छोडेर नजाउ। काव्यले भनिरहेकी थिईन। भोको पेटलाई जसरी भए पनि पेट भर्नु थियो भोक लाग्यो भन्दा मन नै कटक्क चुडियो। श्रीमानको दायित्वले पनि मलाई रोक्न सकेन। म नआउजेल भित्रै बसि रहनु भन्ने निर्देशन सहित सान्तवनाका शब्द दिदै म बाहिर निस्के। कोठाको ढोका बन्द गरिदिए। होटलको गेट हुदै रोड आगाडीको “रेस्टोरेन्ट एण्ड पिजा हाउस “लेखेको बोड तिर पाईला मोडे। सुनसान रोडमा फगत म एक्लै थिए। बत्तीहरूले उज्यालो प्रकाश छरिरहेको थियो। उज्यालो प्रकाशमा मेरो छाया प्रष्टै देखिन्थो चिल्ला रोडमा। पिजा हाउस नजिकै पुगे। सिसाको ढोकामा रातो अक्षरले कोलोज लेखेर टोसेको रहेछ। छेउमै पुग्दा थाहा भयो बन्द रहेछ। निरासाको लामो सास फेरे र फनक्क फर्के। फर्कीदै गर्दा पुलिसको भेन साईरन बजाउदै आयो। मेरो आँखा रसिदै गयो। डरले लगलग खुट्टा काम्न थाल्यो। म पुलिसको घेरामा परिसकेको थिए। के गरौ कसो गरौ भयो। छटपटीले सास फुत्त बाहिर निस्केला भने झै भयो। अन्यौलको भूमरीमा परे। कसलाई मदत मागौ, यो बिरानो ठाउमा कोही थिएन। एक मनले आफैलाई धिकार्दै थिए। उकुसमुकुस भएर एकै चोटी कराएछु-
“ माई वाईफ!!!! “
“माई वाईफ!!!!”……!
मेलै बिन्ती बिसाए।
मेरो कुरा सकिन नपाउदै मलाई भेनमा राखे। भन्दै थिए –
“दिस मेन स्प्रेड द भाईरस”।
मलाई लागेको छैन भन्नै पाईन। फेरी गल्ती मेरै थियो। लकडाउनमा बाहिर निस्न मनाही थियो। काव्यलाई मन भरि सम्झे। कति सम्झे.., सम्झे। म नहुदा के हालत भयो होला। मलाई पर्खी रहेकी होलीन। यो कस्तो सजय दिदै छौ भगवान? मैले ईश्वरलाई पुकारे। ईश्वरले मेरो कुरा सुने या सुनेन थाहा भएन। मलाई बिस मिनेट पछि क्वारनटल हलमा लगियो। शंकास्पद कोरोनाको बिरामीको सूचीमा राखियो। म जस्ता अरू थुप्रै मान्छेहरू पनि थिए। मलाई थाहा छैन कुन कुन देशबाट आएका थिए। कोरोना संक्रमण देखिएको थियो या थिएन। म पुरै अन्धकारको कोठामा कैद भए। मुखमा माक्स र सेतो कपडाले शरिर छोपीदिएको थियो। सात दिन सम्म राख्ने कुरा मेरै छेउमा बस्नेले बतायो। म अकमक्क परे। क्वारटनमा हुनेहरू धेरै जसो बुढाबुढीहरू थिए। सायद सबै ईटालीका नागरिक हुनु पर्छ।मेरो अनुमान, बोली भिन्नै थियो। कसैले कसैले मात्रा अंग्रेज़ी बोल्थे। घण्टै पिछे चेक जाँच गरिन्थो। मलाई कोरोरना भाईरस छैन भनेर आग्रह गर्थे।मेरो कुरा सुन्नै मान्दैन थिए। रिपोर्ट आउन दुई हप्ता लाग्छ भन्थे नर्सहरू। हामी बाह्र दिन पछि फर्किने टिकट थियो। दुई हप्ताको लागि मात्रा आएका थियौ। तिन दिन बितिसकेको थियो। म भने काव्यको चिन्ताले थकित थिए। उनि बोलेका शब्दहरूले झझ्काईरह्यो। भरोसा टुट्यो। आशाको दियो निभ्दै गयो। हेर्ने आँखा बिस्तारै बन्द हुदै गए। प्रश्न माथि प्रश्न आउथो। के भयो ? के खाईन होला ? कति खोजीन होला ? मन कति आतियो होला ? यी यावत प्रश्नहरूले मेरो हिद्रय पग्लेको थियो। उनको लोलायका आखा र निर्दोष अनुहार झलझली आयो। खै कस्को भाग्यामा खोट थियो कुन्नी! भोग्दै छु अहिले। यति बेला सम्म मेरो आँखा आसुले डम्म भरिएका थिए। काव्य ! ज़िन्दगी लामो रहेछ भने फेरी भेट होला। मन मनै भने। मलाई माफ गर! ।
एक हप्ता पछि मलाई एउटा अस्पतालमा सारियो। कोरोना संग लड्दै गरेका थुप्पै मान्छेहरू थिए। “ द.एसटि. जोन एण्ड पावल” अस्पताल शान्त थियो। बिरामीहरूको बाक्लै उपस्थित थियो। मलाई पनि यहि अस्पतालमा राखियो। कोरोना संक्रमण भएकाहरूलाई बेग्लै बिल्डिंगमा राखिएको थियो। कयौ मान्छेहरू मृत्यु संग लड्दै थिए भने कतिले मृत्युलाई जितेर घर फर्किने तयारी गर्दै थिए। डाक्टर र नर्सहरू ब्यास्त थिए। मास्क र सेतो कपडाले ढाकिएको अनुहारहरू प्रष्टै देखिदैन थियो। अस्पतालको बेडमा छट्पटी रहेका बिरामीहरूलाई दबाई खुवाउदै गरेको र जाच्दै गरेको नर्स र डाक्टरलाई देख्दा मन्दिरको भगवानलाई सम्झे। सायद मन्दिर खाली छ आज। चर्च गुम्ब र मज्जिद यहि हो। यनै हुन ईश्वर। संसार दुखेको छ। मेरो हिर्दय पग्लेर पानी भएको छ। खुल्ल आखाले देख्ने सुन्दर संसार एका एक मरूभूमी हुदै जादै थियो। एका एक प्रकृतिले फेरी मानव जाति माथि अन्य गर्दै थियो। विश्व भरि फैलिएको यो महामरीले हामी मानिसहरूलाई परिवर्तन गरिदिएको छ। खुल्ला पखेटा फिजाउदै आकाशमा चराहरू उडि रहेका छन। जिव जनवारहरू मस्त छन आफ्नै दुनियामा। तर आज हामी चेतनशिल प्राणीहरू बन्द छौ। सोच्नुहोस त ! के हालत भयो होला बर्षौ सम्म चिड़ियाघरमा बन्द भई बस्दा ? ती निर्दोष जनवारहरूको। म सोचीरहाको छु। अस्तव्यास्त अवस्थालाई चिर्दै गर्दा काव्यालाई सम्झे। मन भरि सम्झे। सम्झनामा मात्रा रहिन अब । मन आतिएको थियो। म अपरिचित थिए। रातलाई हेर्दै बिहानीको प्रतिक्षा बस्थे। तीन दिन पछि मलाई जाँच गरियो। सबैले मलाई हेरिरहेका थिए। मेरो नजिकै बाट एक बृद्ध हजुरआमा निको भई हुईल चियरमा लग्दै गरेको देखे। कोरोना लागेकाहरू पनि निको हुन सक्छ भन्ने एउटा राम्रो सन्देश थियो। अनुहारमा मुस्कान सहित परिवरहरूले हजुरआमालाई स्वागत गरिरहेको देख्दा मेरो परिवारलाई सम्झे। मलाई जाँच गर्न कोठामा बोलाईयो। निकै समयको जाँच पछि म पुनः आफ्नै बेडमा आए।सात दिनको बसाई पछि बल्ल डाक्टरले हातमा कागज र फाईल बोकेर आए। मलाई कुन देशको हो भनि सोधे। मेलै छोटो उत्तर दिए- नेपाल। डाक्टरले ओठमा हासो भर्दै भने। तिमी यो संक्रमण बाट मुक्त छौ। अर्थात तिमीलाई कोरोना भाईरस लागेको छैन। म खुसीले बुरूक्क उफ्फूला झै भयो। डाक्टरलाई घन्यवाद दिए। तर डाक्टरले अस्पताल बाहिर नजाउनु आदेश दिए। नेपाल एम्बेसि र ईटाली एम्बेसिको मिलेमहतोमा मलाई दुई दिन पछि नेपाल फर्काउने भनेको थियो। डाक्टरले नै यो सब बताएका थिए। म ढुक्क थिए। दुई दिन पछि नेपाल फर्काईयो।
मैले तिमीलाई कति खोजी रहे..। क्वारनटनको हलमा , अस्पतालको बेडमा। म जोडले चिल्याउथे। अस्पतालको नर्स र डाक्टरहरू वरिपरी आउथे। म सिथिल भए पुन. बेडमा पल्टिन्थे। सबैले मलाई हेर्थे। चिन्ता लिनु पर्दैन भनेर सान्तवाना दिन्थे। म बोली रहदा काव्याको हिर्दय पग्लेर आँसु बनेर बग्दै थियो। आँसुका थोपा भूईमा खस्न नपाउदै मैले पुछीदिए। हामी केही क्षणका लागि अलग्यको थियौ। समयले फेरी एक बनाईदिएको छ। काव्यको मुखबाट कुनै आवाज़ निस्केको थिएन।एकै छिनको मौनतालाई तोडेर सुक्क सुक्क गर्दै बिस्तारै बोल्न थालिन। तिमी बाहिर गए देखि म फिक्का भए। पानी पिएर फ्यालीएको रित्तो काचको गिलास झै फुटेको थिए। ह्वारह्वारवती तिम्रो याद आउथे र हराएर जान्थे। म त्यो होटलको कोठामा निस्सासिएर बन्द भए। बाहिर र भित्र गर्दै कराउथे। यसो गर्दा सबैले ट्वाल्ल हेर्थे। पछि होटलको रिसिप्सनले पुलिसले लगेको कुरा बताए। म तेस पछि झन आतिए। आतिएर नै बिहोस भए। लडे भूईमै। पछि कसै- कसैले सान्तवना दिदै आशा भरिदिन्थे।आशा भन्ने कुरा पनि कति अजीवको हुदो रहेछ। एक पलको लागि भए पनि खुसी भरिदिने। तिमीलाई भेट्न कयौ कोसिस गरे तर मेरो कोसिस सून्य भयो। म हारे। कुनै गहिरो निन्द्रामा पुगे झै भयो। धेरै रातहरू मनोवादमा वित्यो। निदाउनै सक्दिन थिए। डरले थर थर काम्थे। हे दैव ! मलाई छुट्यऊ यो नर्काबाट। मन नै अमिलो हु्न्थो। तिमी संग बिताएका हरेक पल सम्झन्थे। अनगन्ती यादहरूले गिज्याउदै भाग्थे। म भने टोलीरहेको हुन्थे। आधा मरी सकेको थिए। तिमीलाई थाहा छ ? अह! तिमी सोच्न पनि सक्दैनौ ? मलाई माया गर्ने मान्छे , मैले छुन र हेर्न नपाउदा के हालत भयो होला मेरो ? मेलै तिम्रो यादहरूलाई बिस्तारै अलग गर्न खेजे तर सकिन। सूर्य अस्ताउदै थियो। भोलीको उज्यालो पर्खेर आफूलाई पलगंमा हुत्याईदिए। भित्ताको चारै तिर तिम्रो बासना थियो। संकटपूर्ण घड़ी बिस्तारै आफ्नै सुर तालमा दौडीरहेको थियो। संसारको कुना कुनामा हाहाकार मच्चीरहेको थियो। मर्नेको संख्या दिन दिनै दोव्वर हुदै जादै थियो। म फर्किने दिन पनि आयो। अन्तरराष्ट्रीय उडान रोक्ने समाचार आईरहेको थियो। म भने तिम्रो याद र पर्खाईमा पुरै बिहोसीएकी थिए। के गर्ने के नगर्ने ? पत्तै पाईरहकी थिईन। अन्यौलमा थिए। आउदा तिमी थियौ जादा एक्लै। घरमा के भन्ने ..!? मर्यौ कि बाच्यौ पत्तो छैन। यी सबैको जवाफ दिनु थियो। तिमीलाई म यहि प्रश्न सोध्ने वाला थिए।यदि भेट भयो भने। तिमीले मलाई किन एक्लै छोड्यौ? हिम्मत र आट बोकेर अनन्त नेपाल फर्के। भेट हुन्छ होला भन्ने आश मरेको थियो। एक मनमा माया र बिश्वासको डोरीले बाधेर राखेको थिए। घरमा प्रश्न माथि प्रश्न गरे। सबैको नजरमा म गिरे। सोचे ! एक दिन मेरो मायाले डोर्याएर ल्याउछ। आज तिमी आयौ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )