कथा : कसम

~दिपक अभिमन्यू~

अफिसबाट घर फर्किदै गर्दा टाढैबाट आफ्नो घरतिर हेर्दै कौतुहलताको दृष्टी लगाउँदै नियाल्दै लालबाबु घरतिरको बाटोमा पाईला अघि बढाईरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै घरतिर कदम बढाईरहेको थियो।

उसको मन भर्खरै पात झरेको सालघारी झैं उजाड भए झै लाग्दै थियो। मन ढक्क फुल्दै थियो छाती कि हिजो अफिसबाट फर्किदा सडक पेटीमा हिड्दा हात समाउदा उसले बाटोमा नि के हात समाईराको भन्दा उ रन्किएर एकै पटक सडक पारी गएर एक्लै अफिस छिरेको मात्र नभई

घरमा बेलुका त्यहि बिषयलाई लिएर महाभारत निकालेʼकि थिई लालेकि जहानले ।हो आज पनि फेरि रडाको दोहोरीने हो कि भन्ने त्रास बोकेर  घरको आँगनमा पुग्दासम्म पनि मनमा खुल्दुली भने यथावत थियो। उसकी जहान धना निकै राम्री थिइन् तर घमण्डी पनि। समय समयमा

लोग्नेलाई “फलानो ब्रिटीस लाहुरे, फलानो जमिन्दारको एक्लो छोरो माग्न आएको थियो, कुन दशा लागेर यिनलाई मन पराउन पुगेञ्छु” घुर्क्याउँदै आफुलाई धिकार्न पछि पर्दिनथिन् धना । लाले चाहिं प्रायःचुपचाप लाग्थ्यो,अत्ति नै भयो भने मात्रै जवाफ फर्काउँथ्यो र भन्थ्यो “अँझै पनि के

बिग्रेको छ र कोसंग जान मन छ, त्यसैसँग जा न, मैले रोकेको छु र ?” “ए मलाई अरुसंग पोईल जा भन्ने तिमी जस्ता नामर्दको स्वास्नी हुनु भन्दा मर्दको कमारी हुनु वेस बुझ्यौ? ” यस्तै यस्तै कुरामा सुरु हुन्थ्यो उनीहरुको झगडा ।

रात पुरै एकले अर्कालाई जथाभावी आरोप प्रत्यारोप लगाउँदैमा बिताउँथे अनि बिहानी पख ४ बजेपछि पल्लोघरको भाले बास्न थाल्थ्यो उनीहरु भने कराउँदा कराउँदा लखतरान भईसकेका हुन्थे र अनि बल्ल सुत्थे ।आज बिहान पनि यस्तै भएको थियो ४ बजे सुतेको बिउँझिदा ९ बज्यारैछ

मुखसुख धोएर यत्तिक्कै अफिस हिडेको थियो तर धना भने सुती नै रहि दिनभर ।त्यहि हिजो बेलुकाको झै रडाको शुरुगर्लीकि भन्ने लालेलाई डर थियो ।डराई डराई दैलोमा पुग्यो ।दैलोमा ताल्चा झुण्डिएको थियो ।एउटा साँचो उसंग नि भएकोले उघार्यो र सरासर बेडरुममा गयो ।

सिरानीमा एउटा चिट्ठी थियो।उ झस्कियो । हतार हतार चिट्ठी खोल्यो र पढ्यो−”आदरणिय पति परमेश्वर जीवनमा मैले कहिल्यै नगरेको गल्ति गर्न पुगें ।धन्न पल्ला घरको कान्छी भाउजु आइपुग्या कारणले म बाँचे । मैले आज आफैलाई बिदा दिन खोजेथें यस धर्तीबाट ।

मैले घरमा कहिलेकहि निन्द्रा नलाग्दा खान ल्याएको स्लिपीङ्ग ट्याबलेट ५ वटा खान एकै पटक खाने तयारीका साथ हातमा लिएर खानका लागि मुखमा हाल्न खोजेको तर नजिक पानी नभेटेर तल लिन ओर्लदा कान्छी भाउजु भित्र छिरिन्।त्यहिबेला मेरो हातबाट एउटा ट्याबलेट खस्यो ।

कान्छी भाउजुले के भो र?औषधी खानलाग्यौ भन्दा म हडबडाएर केहि होईन भन्दा अर्को नि खसेपछि उनले दुबै ट्याबलेट टिपेर यो त मैले युज गर्छु निन्द्रा लागनी औषधी के हो दिउँसै घरमा कोहि नभाको बेला भने निकै हप्काउनु भो र लौ मर्न मन छ होघईन मर ।अरु नि ल्याईदिउँ औषधी ?

भन्दै फरक्क फर्किनु भो । म त्यहि थचक्क बसें ।त्यतिबेलासम्म मेरो सबै रिस पानी भइसकेको थियो ।मैले सोचें मैले कदम चालेको भए पक्कै हिजो रातभर झगडा गरेको सुन्नेहरुले लोग्नेले मार्यो भन्थे मेरो लाले जेल जान्थ्यो ।ज्यानमारा कहलाउँथ्यो । लाले त मेरो पतिपरमेश्वर पो हो त ।

ल ओहो म बाट ठुलो गल्ति हुन आँटेथ्यो । सक्नु हुन्छ भने मलाई माफ गर्नुस लालु ।म हजुर सामु मुख देखाउन नसक्नि भाʼछु।अब उप्रान्त मबाट यस्तो गल्ती जीवनमा कहिल्यै दोहोरिन्न कसम लालु ।तिम्रो मायाको कसम ।यस्तो गल्ती कहिल्यै गर्दिन………………..”म खाटमा थचक्क बसें र

बर्बराएँ किन यस्तो गरेको ?धन्न भगवान कुनै अनिष्ट हुन पाएन ।उ यस्तै यस्तै बर्बराउँदै धनाले छाडेको चिट्ठी हरेरह्यो।चिट्ठीका अक्षरहरु आँसुले फुलीरहेका थिए र बिरुपका हुदै थिए ।उ भने आँखा रसाएर झरेको पत्तै पाईरहेको थिएन ।बस एकोहोरो बरबराईरहेथ्यो ……………..।”

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.