~छविलाल खड्का~
तिमी बाहेक अरू, आँटेकी छैन
कसम सानु केही, ढाँटेकी छैन ।
जतन साथ राखें, यो तन मन
तिमीसंग यो मन, फाटेकी छैन ।
सति सावित्री झैं, तिम्रै सतमाछु
कसैको जुठो अझै, चाटेकी छैन ।
था छ मलाइ शत्रु, वैरीको पारा
यो समाजमा कुरा, काटेकी छैन ।
हेर शंकाले लंका, जलाउँछ रे
कसैसंग यो दिल, साटेकी छैन ।
छविलाल खड्का
कोहलपुर
२०७६/११/११
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )