~शिव चालिसे ‘प्रभात’~
डियर कमरेड
मेराे खाली पेट, नाङ्गो खुट्टाले अझै राहत पाएकाे छैन ,
मेरी अामाकाे च्यात्तिएको चाेली फेर्न पाएकाे छैन,
श्रीमतीका सपना अहिलेपनि माटोमा खेलिरहेछन
स्कुल पठाउन पाएकाे छैन,
दाईजो दिन सकिनर त बैनी अझै माइतीमै छे,
उसका अासाहरु मैले निरन्तर मारिरहेकाे छु,
मेराे बुवाकाे तस्बिरमा झुन्डिएको माला फेर्न सकेको छैन ।।
डियर कमरेड
बन्दुक बाेकेर लड्दै गर्दा
मेरै छेउमा लडिरहेको मेराे भाइ,
अचानक दुस्मनकाे गाेली लागेर ढलेकाे
धमिलो सम्झना अाज पनि ताजै छ ,
त्यहि दिन विदवा भएकी मेरी बुहारी
अहिले समाजमा अलच्छिनी बाेक्सी बनेकी छन् ।
कुरुप बनेकी छन
समाजमा सबैभन्दा कमजोर नारि बनेकी छन,
उनी एक याेद्दाकी पत्नी हुन् ,
म सिवाय कसैले भन्दैन ।
यहाँ सम्मकी हजुरले पनि ,
डियर कमरेड
हजुर हामीले जाेत्ने भनेर झण्डा गाडेको खेत म जाेतिरहेछु ,
तर फरक यति हजुरले साहु बन्ने भन्नुहुन्थ्यो
म साहुकाे हली बनेकाे छु ,
हात मुख जाेर्ने जाेहाे गर्न,
तपाईंले समाप्त गर्ने भनेकाे सामन्तीहरु ,
अहिले मलाई नै समाप्त गर्दैछन्,
पधेरामा मेरी छाेरीले वरै बसेर
गाग्रो थाप्नुपर्छ,
धने दर्जीकाे घर पहिराले हिजो मात्रै लग्यो ,
पिडित छ बिचराे,
उहीँ धने क्या कमरेड हजुरको सुरक्षा गार्ड ,
साहेद बिर्सनु भयाे हाेला ।
डियर कमरेड यताकाे खबर यहि हाे,
याेद्दाहरुकाे गाउँकाे
सहिदहरुकाे ठाउँको
ए ए एउटा त भन्नै भुलिएछ,
एउटै परिवार दुई छाेरा र एक छाेरी सहिद भएका थिए नि,
हजुर अाएर अामालाई सम्झाएर जानू भाे,
अस्ति मात्रै उनका श्रीमान नि बिते
हिजो देखि उनी पागल भएकी छन् ।
डियर कमरेड यस्तै छ हाल
युद्धमा एउटा हात एक खुट्टा र एक अाखाँनै गुमाएकाे मेराे काकाकाे छाेरा बिरे,
अाज भन्दै थियोे नक्कली हात, खुट्टा पाहिन्छरे
तर महङ्गो छरे
हात खुट्टा भएनी गरि खाने थिए,
डियर कमरेड के त्यो नक्कली हातकाे माेल
हाम्राे सक्कली भन्दा कतिले महङ्गो पर्छ,
जान्न मन लागेकाे छ ।।
डियर कमरेड यस्तै छ हाम्रो हाल,
– शिव चालिसे (प्रभात)
बागलुङ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )