~आशांक उपाध्याय~
तिमीसंगै मेरा सबै खुशीहरु सती गए
हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए
किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने
संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए
त्यो मन पनि कति कठोर जान्छु पनि नभनेको
तिम्रै यादमा तड्पी तड्पी बहुलाएकै जति भएँ
हासी खुसि जिउने हाम्रा उदेश्यलाई लात हान्यौ
आशुं पनि सुकी सक्यो पीडै पिडा अति भए
आजकल त भट्टीमा नै बास बस्ने भएको छु
तिम्लाई भुल्न पिउन थालें नशा पिउने लती भएँ
– सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)