~इलामेली टीकाराम दुलाल~
छ लोभी आखा र पापी मन जानी जानी गल्ति भयो
धैर्यताको बाध फुट्यो झन जानी जानी गल्ति भयो
पहिला बोल्नै गारो थियो म जबजस्ती बोल्न खोज्थेँ
बोल्दै जादा बढ्यो गनगन जानी जानी गल्ति भयो
नबोल्ने मान्छेको पनि कुरा भेट सम्म पुग्न थाल्यो
देखेँ मैले उन्मात यौवन जानी जानी गल्ति भयो
यौवन र जोवन देखे पछि के के भयो खै के के भयो
पुरै शरिरमा छुट्यो कम्पन जानी जानी गल्ति भयो
के लाग्छ,माया प्रेमले पगालेर पानी पानी भए पछि
मैले पत्तो पाइन चीर हनन जानी जानी गल्ति भयो
२०७६/१२/०१ रोज ७
इलामेली टीकाराम दुलाल
देउमाइ न.पा. -५ इलाम
हाल : काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )