~नविन ध्यार~
अतीत त्यो बिर्सेकै हुन्छु बिच्मै कल्पना आइदिन्छ
निदरीकै दौडानमा हुन्छु बिच्मै सपना आइदिन्छ ।
पाइला टेक्दा पनि मरुभूमि मै,चिसो आत उस्तै छ
बाँस बस्दा पनि स्वर्गभूमि मै, एक्लो साथ उस्तै छ
हे भवानी तुल्याउ मलाई सन्जिवनी
यो परानी जा’नै हो कि नसक्दै जवानी ।
उसकै नाम सम्झिन्न भन्छु बिच्मै जपना आइदिन्छ
अतीत त्यो बिर्सेकै हुन्छु बिच्मै कल्पना आइदिन्छ ।
नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस. ( तेस्रो वर्ष)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )