कविता : करोना

~शोभा गुरुङ्ग~

करोना , त कति धेरै रिसाईस
समस्त प्राणी जगतसँग रिसाईस
सानाठुला, धनीगरिबसँग रिसाईस
अखिर किन ब्रह्माण्डमै खैलाबैला मच्चाईस !

सफाईमा ध्यान नदिदा रिसाईस कि ?
परिवारलाई समय नदिदा रिसाईस
खानपानमा ध्यान नदिदा रिसाईस कि ?
आखिर त किन मानव जगतसँग रिसाईस ?
सद्भाव खल्बलिदा रिस उठ्यो कि ?
मेरो लाईफ स्टाईल देखेर रिसाईस
कि मेरो बैक बैलेन्स, महल हेरेर रिसाईस ?
आखिर त किन मेरो प्रगतिमा रिसाईस ?

यति पावरफुल मानवजाती म
संसारका समस्त प्राणि, पशुपंछी, जलचर
थलचरलाई क्वारेन्टाईनमा राख्ने म ।
नदेखिने, नसुनिने, नछाम्न सकिने
त कुन शक्ति होस आखिर
अहिले तैले नै मलाई
क्वारेन्टाईनमा राख्ने ????

मिति २०७६/१२/११

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.