~छविलाल खड्का~
(१)
लेखेर कहिल्यै नसकिने कथा भयो
छेकेर कहिल्यै नछेकिने व्यथा भयो
तिम्ले छाडी गा देखि थिरमा छैन मन
जिवन अधुरो पिरतीको गाथा भयो ।
(२)
प्रेमिल पत्रका खात भयो
भेलेन्टाइन्डेमा बात भयो
सर्वाङ्ग उसलाइ सुम्पदा
रातो गुलाबमा घात भयो ।
(३)
प्रगति गर्छु भन्थे दुर्गति पो देखियो
उपति गर्छु भन्थे झन् खति पो देखियो
के भनौं यो देश चलाउने ठेकेदारलाइ
सदाचार खाए बाँकी भ्रष्ट मति देखियो ।
छविलाल खड्का
कोहलपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )