~कोमल प्रसाद श्रेष्ठ मल्ल~
आँखाबाट,
पवित्र गंगा बहिदिन्छ,
सायद मृत्युसँग डराएर हो
दिन पातलिनु
रात बाक्लिनुले
भयंकर डरलाग्दो सपना बोकेर
सायद सताएर हो ।
उसले जिन्दगी उडाउँछ
सुन्दर शहर देखाउँछ
बाचा कसम खुवाउँछ,
माया प्रितीको सवारी चलाउँछ !
वरिपरि र्स्वर्गका अप्सराहरु
र परीहरु छम्म छम्म नचाउदै
असिमित खुसी भरेर
स्वयमवरको औठी लगाउँदै
बन्धनमा बाँधेर
मायाको हार चमकाउँदै
बधाई र शुभ कामनाको पुष्प
विजय उत्सव मनाउदै
विदाईको डोली चढाउँछ
तर अपशोच
विपनामा आइपुग्दा
असिमित शोचमा डुवाउँछ
लाग्छ हत्यारा सपना हो !