गजल : रहरहरु बढेर आयो

~शीतल शर्मा~

तिमी आयोै भेट भयो रहरहरु बढेर आयो
थाहा थिएन माया भन्ने आज गढेर आयो ।

मरुभूमि जस्तै थियो मन सबै सुक्खा
सिंचाइ तिम्ले गरिदियोै हरियाली बढेर आयो ।

आँट विश्वास भरोसाको खडरी नै थियो
वर्षा यामको नदी जस्तै इच्छाहरु बढेर आयो ।

निराशाका बादलले मन सबै ढकिराथ्यो
आशाहरु जगाइदियौ सपनाहरु बढेर आयो ।

लक्ष्यहरु नभेटेर अलमल परिराथें
तिम्रो हात अनि साथ पाउने इच्छा बढेर आयो ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.