~डा. मधु “माधुर्य”~
पाखाभरि यो साल पनि
ढकमक्क फूल फुलेका छन्
बतासमार्पल् बास्नाको निमन्त्रणा पठाउँदा पनि
आँखाहरु डुल्न आएनन्
पूmलहरुले चित्त दुखाएका छन् ।
आउन त आए, तर आए केही आततायीहरु
सौन्दर्यमाथि फगत् हातपात गर्न आए
नथाकुञ्जेल नाक फगत् बास्ना सुँघ्न आए
निर्मम हातहरु छुराभैंm चलेछन्
पूmलहरुले चित्त दुखाएका छन् ।
खडेरीको हल्ला सुनेर फूलहरु आत्तिएछन्
बस्तीको माया खडेरी परेको त धेरै भयो
मनभित्र मेरा उपस्थितिहरु पनि बिरानो भैसकेछन्
पाषाण हृदयको अतिक्रमण देखेर
पूmलहरुले चित्त दुखाएका छन् ।
पारी पाखा खुबै डुल्यौ मस्ती गर्यौ होला
वारि अहिले किन आयौ बाटो भुल्यौ होला
मान्छेको के विश्वास… ?,
पूmलहरुले गुनासो पोखेका छन्
अमुक ओठ र सुक्खा आँखा देखेर मेरा
पूmलहरुले चित्त दुखाएका छन् ।
हराएका आँखा खोज्दा खोज्दै पारि पुगेको हुँ
कहिले फुल्छौ र हेरुँला भनेर यामहरु कुरेको हुँ
बास्ना छर्केर सजाइएका कृत्रिम फूल हेर्न होइन
आफ्नै माटाका फूलसँग रम्न जन्मेको हुँ
नबुझेर यथार्थ फूलहरुले चित्त दुखाएका छन् ।।
डा. मधुकृष्ण श्रेष्ठ “माधुर्य”
सम्पादक “स्वतन्त्र नेपाल,” , अगस्ट २१, २००३
(स्रोत : नेपालीपोष्ट डट कम)