~सबिना सिन्धु~
आगो बल्दा पो पानी दर्किएर गयो
तिम्रो याद फेरि पनि चर्किएर गयो
माटोले उमारिदिएको बैंसको बीज
रोपेको लहरा कता लर्किएर गयो
मैले बिर्सन सकिन तिम्रा यादहरू
घाँटीमै बसी आखिर सर्किएर गयो
मुस्कान अटाउने सुनसान रात
त्यो पुरानो सम्झना छर्किएर गयो
नचाहँदा नचाहँदै कमलो मनमा
बितेको समय फेरि फर्किएर गयो
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)