गजल : घोटे फलामलाई

~रुद्र ज्ञवाली~

इस्पात बन्छ सेतो घोटे फलामलाई
क्यै हुन्न दानभेटी अर्पेर रामलाई

खाई कसम यो देश निर्माणको निमित्त
चल्नु छ आज ठूलो ठानेर कामलाई

यो जिन्दगी त के हो विश्वासको कुरा हो
सुम्पेर बस्छ मान्छे घाँटी हजामलाई

वस्तु सबै जगतका हुन् स्रोत सिर्जनाका
निस्कन्छ तेल चिल्लो पेल्दा बदामलाई

प्रयोगमा सबैछन् बेकार के छ भन्नु
विद्युत बल्छ जम्मा पारेर घामलाई

– Bhairahawa

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.