~सदानन्द अभागी~
म भन्छु तर्कभन्दा वीरतालाई हेर
इतिहास बाँच्न देऊ शुद्ध शब्द केर
पुर्खाको हो यो आर्जन नेपालको शान
शान मान थप्ने कर्म गर्नुपर्छ धेर
यो देशमा सहिदको शान बाँच्नुपर्छ
परजीवी भए नेता पुर्खा थिए शेर
समयले साथ दिन्छ कर्मयोगीलाई
त्याग्नुपर्छ अकर्मी ती गर्नुहुन्न बेर
समय छ बलवान आफ्नो बाटो लिन्छ
बाटो रोज्ने कमी भए अल्छि नेरघेर
सन्धीखर्क २०६७÷८÷४ #समय
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )