~डा. मधु माधुर्य~
देश नाराजुलुसभित्र हराई रहेको थियो
जीतबहादुर देश खोज्न गयो
देश देखाउन गोली उस्को छातीभित्रै छिर्यो
“देश त छातीभित्रै पो रहेछ”
ऊ बेहोस भयो ।
देश “प्रजातन्त्र” भित्र हराइरहेको थियो
हर्षबहादुर देश खोज्न गयो
“पद” र “पजेरो” देश देखाउन नाडण्गो सडक आउँदा
आपसमा ठोकिए
अकस्मात हर्ष बहादुरको हर्ष च्यापियो
“माथि उड्ने प्रजातन्त्र तल गुड्दो रै छ”
ऊ अन्तिम चोटि रमायो
पर्वत-काय तलै बस्यो हर्ष विलायो ।
यसरी गए आफन्तहरु
बीर वीरडण्गना र सपूतहरु
जीतबहादुरको जीत
हरायो
हर्षबहादुरको हर्ष
त्यसैको खोजीमा लुकिछिपी आउँछ
हरेक साल बसन्त
मन मेरो माग विना नै आन्दोलित
माटो “मगन्तेहरु” देखरै आन्दोलित
बम-बारुद यहिँ आउँछन् रत्यौली खेल्न
यहिँ रुन्छन् टुहुरा टाउको मोडेका
कहाँ देख्यौे परेवा उडेका ?
र बसन्त तर्सन्छ “आन्दोलन” ।
